१४ आश्विन २०८०, आइतबार

‘निरमाया’ को फस्टलुक, छुवाछूतको मुद्दा उठान



काठमाडौं । मदानी मुभिजले पदम विश्वकर्मा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा निर्माण गरेको फिल्म ‘निरमाया’ को फस्टलुक र टिजर सार्वजनिक भएको छ । ‘परिवर्तन आफैंबाट सुरु गरौं, समाज स्वत बदलिनेछ’ भन्ने भाव बोकेको फिल्मले छुवाछूतको मुद्दालाई उठान गरेको छ ।

अनन्तप्रसाद तिमल्सिनाको प्रस्तुति रहेको फिल्मको निर्देशन रमेश कोइरालाले गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् ।

फिल्ममा चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको सहकार्य छ ।

फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जे।एन।घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा रामकुमार केसीको कथा र अजित लामिछानेको लेखन, रवी कोइराला र जीवन पराजुलीको छायांकन, उत्तर राना मगर र तारा थापा ‘किम्भे’को सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द्व, कमल अधिकारी, रिमेश कुमारको सङ्गीत तथा विनयराज पौडेलको मुख्य सहायक निर्देशन छ ।

फिल्मको छायांकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको छ । एक मिनेट ४५ सेकेन्डको टिजरले वर्षौंदेखि जरो गाडेको जातीय छुवाछूतको मुद्दालाई उजागार गर्न खोजेको छ । टिजर मदानी मुभिज एण्ड इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : १० बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम