१९ मंसिर २०८०, मंगलबार

पाकिस्तानमा इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने, यस्तो छ कारण



लाहोर । निर्वाचन आयोगले पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्ष निर्वाचन लड्न अयोग्य ठहर गरेपछि इस्लामावादमा तनाव उत्पन्न भएको छ ।

त्यहाँको निर्वाचन आयोगले इमरान प्रधानमन्त्री भएका बेला सरकारी अधिकारीलाई विदेशबाट प्राप्त उपहारमध्ये धेरै बेचेको र हिनामिना गरेको आरोप लगाउँदै उनलाई पाँच वर्ष निर्वाचन लड्न अयोग्य ठहर गरेको हो ।

विदेशीहरूले सरकारी अधिकारीलाई दिने उपहारसम्बन्धी तोसाखाना मुद्दामा आयोगले शुक्रबार फैसला सुनाएको हो। प्रमुख निर्वाचन आयुक्तसहित पाँचजनाको इजलासले उक्त मुद्दामा खानलाई दोषी ठहर गर्दै पाँच वर्षसम्मका लागि अयोग्य ठहर गरेको हो।

आयोगको यो निर्णयलगत्तै इस्लामावादमा प्रदर्शन सुरु भएको छ । आयोग बाहिर गोलीसमेत चलेको छ । इमरान समर्थकहरूले आयोगको यो निर्णय खारेज गर्दै प्रदर्शन गरेका हुन् । खानको तेहरिक ए इन्साफ (पिटिआई) पार्टीले आयोगको फैसलाविरूद्ध इस्लामावाद उच्च अदालतमा पुनरावेदन गर्ने भएको छ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ४ : २१ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ