२२ मंसिर २०८०, शुक्रबार

आज शेरबहादुर प्रधानमन्त्री छ, भोलि प्रचण्डजी, माधव नेपालजी हुनुहोला : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिका दिनमा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्न सक्ने बताएका छन्। ‘आज शेरबहादुर प्रधानमन्त्री छ, भोलि प्रचण्डजी, माधव नेपालजी हुनुहोला,’ उनले भने, ‘त्यसकारण यहाँ हिजोको कुरा गरेर काम छैन हेर्नुस्।’

सत्तारूढ ५ दलीय गठबन्धनले पोखरामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले एउटै पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्न परेको बताए।

‘हामीले अत्यन्त सुन्दर व्यवस्था ल्याएका छौं, यस व्यवस्थामा सबै पार्टी मिल्न जरूरी छ,’ उनले भने, ‘कुनै एउटा पार्टीको बहुमत आउन सक्दैन, यस हिसाबले गठबन्धनको आवश्यकता छ।’ मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्न आवश्यक रहेको उनले बताए।

‘गठबन्धनले जित्नुपर्ने आवश्यकता छ, कुनै पनि हालतमा,’ उनले भने, ‘गठबन्धनमा भोलि पनि तिक्तता ल्याउने काम कारबाही कसैबाट गर्नुहुँदैन।’

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : २६ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले