१९ मंसिर २०८०, मंगलबार

निर्वाचनपछि तीन तहमा गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाँण



भैरहवा । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आम निर्वाचनपछि सङ्घीय सरकार र प्रदेश सरकार गठबन्धनकै बन्ने दावी गरेका छन् । स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारमा सहमति गरेर देशमा शान्ती बहाल एवं जनताको जीवनस्तर सहज तुल्याउनका लागि नै गठबन्धन आवश्यक भएको बताए ।

पाँच दलीय गठबन्धनमा कांग्रेसका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारसमेत रहेका खाँणले सिद्धार्थनगर नगरपालिका–६ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा भने, “देशको शान्ती, स्थायित्व, स्थिरता र विकास नै अहिले देशको मूल मुद्दा हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गणतन्त्रको प्रतिफल नेपाली जनताले प्राप्त गर्नुप¥यो, यी सबैको प्राप्ती नै पाँच दलीय गठबन्धनको मूल योजना हो ।”

नेपालमा शान्ती, राजनैतिक स्थायित्वको लागि विभिन्न राजनैतिक विचारधारा बोकेका दलको बिचमा सहमति र सहकार्य भएर नै गठबन्धन बनाइएको उनले बताए । “जुन पार्टीले सरकार बनाउँछ, उसैले नै विकासको निति निर्माण गर्दछ ।” उनले भने, “यस क्षेत्रको विकासको लागि जिल्लाको विकासको लागि पाँच दलीय गठबन्धनलाई सहयोग पु¥याउन अपिल गर्दछु ।” सीमामा बसेर देशको रक्षा गर्ने नै असली राष्ट्रवादी भएको बताउँदै खाँणले यस्ता राष्ट्रवादीको सम्मान गर्न गठबन्धनले कुनै प्रकारको कमिकमजोरी नगर्ने बताए।

यस्तै पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष पाण्डेले पाँच दलीय गठबन्धन पवित्र रहेको बताए । उनले भने, “पाँच भनेकै पवित्र शब्द हो, हाम्रो पाँच दलीय गठबन्धन पवित्र गठबन्धन हो ।” उनले आउँदो सन्ततीको भविष्य निर्माणको लागि गठबन्धनको पक्षमा सहयोग गर्न अपिल गर्दै भने, “विभिन्न विचारधारा बोकेका व्यक्ति राष्ट्रको हितको लागि पाँच दलीय गठबन्धनका आवद्ध भएका छौँ ।”

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : ३८ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ