५ आश्विन २०८०, शुक्रबार

अपूर्व क्षितिज : जातीय घेराबन्दीमा हँसाउने युवाको पीडाको कथा



काठमाडौं । अपूर्व क्षितिज सिंह, जसले लाेभलाग्दाे चाटर्ड (सिए) पेशामा हुँदाहुँदै हँसाउने काम रोजे अर्थात् स्ट्याण्डअप कमेडी । दुनियाँ हसाउन हिँडेका अपूर्व क्षितिज आज आफैं रोइरहेका छन् । आफ्नो ठट्यौली प्रस्तुतीका कारण जातीय घेराबन्दीमा परेर चार/चार वटा मुद्दा खेपिरहेका छन् ।

उनीमाथि जातीय भेदभाव तथा अपमानजनक व्यवहार गरेको, अपमानजनक तथा अमानवीय व्यवहार गरेको, सामाजिक रीतिस्थितिमा खलल पुर्‍याएको र सार्वजनिक शान्तिमा खलल पुर्‍याएको अभियोगमा एकैसाथ चार अभियोग अदालतमा दर्ता गराएको हाे ।

नेवा: समुदायको भावनामाथि चोट पुर्‍याएको भन्दै उनीविरुद्ध परेको जाहेरीका आधारमा प्रहरीले अपूर्वलाई गत भदौ १२ गते बानेश्वरबाट पक्राउ गरी हिरासतमा लिएको थियो ।हिरासतमा रहेका अपुर्व कोरोना संक्रमण देखिएपछि रिहा गरेको थियाे । दास्राे पटक पक्राउ परेका उनलाइ कात्तिक ३ गते काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अपूर्वमाथि जाहेरीवालाले पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको माग गरिरहेका छन् ।

कुनै समुदायको भावनामा आफ्नो कमेडीका कारण चोट पुगेको भन्दै युट्युबबाट उनले भिडियो डिलिट गरिसकेका छन । तर उनलाई जातियताको घेरावन्दिमा राखेर बढी सजायको माग गर्नुले राम्रो संकेत नगरेको भन्दै अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।

को हुन् अपूर्व क्षितिज ?

अपूर्व क्षितिज सिंह स्ट्याण्डअप कमेडियन हुन् । उनले आफ्नो स्ट्याण्डअप कमेडियनमार्फत् दर्शकलाई मनोरञ्जन दिइरहेका थिए ।  नेपालमा एक समय यस्तो पनि थियो हँसाउने पनि काम हो र ?  भन्ने गरिन्थ्यो ।

समाजको त्यो कुसोचको प्रवाह नै नगरी हँसाउने काममा जसले भविष्य खोजे उनी अरू कोही नभएर हँसाएकै भरमा चार चार मुद्दा खेपिरहेका अपूर्व क्षितिज हुन् । उनी कमेडियनका अलावा चार्टड अकाउन्टेन (सिए) पनि हुन् ।

सन् २०१८ बाट व्यावसायिक कमेडी यात्रा सुरु गरेका अपूर्वका युट्युबमा सिएको पीडा, नेपालमा पोर्न  ब्याण्ड, प्रपोज अ गल्स, टिपिकल नेपाली नाम लगायतका भिडियोहरू लोकप्रिय छन् । उनका युट्युब भिडियोहरूलाई नेपाली दर्शकले रुचाएका छन् ।

घटनाको बेलिबिस्तार 

अपूर्व क्षितिज सिंहले गत असार ३१ गते बत्तीस पुतलीको ग्रासिया सेन्टरमा  नेवार समुदायको धर्म र परम्पराबारे कमेडी गरेका थिए । असार ३१ गते भएको कमेडीको भिडियो अपूर्वले भदौ १० गते आफ्नै युट्युबमा अपलोड गरे ।

नेवारको परम्परा शीर्षकको उक्त भिडियोमा अपूर्वले नेवार समुदाय, उनीहरूको धर्म तथा परम्पराप्रति केही आपत्तिजनक शब्द प्रयोग गरेका थिए । तर भदौ १० गते युट्युबमा अपलोड भएको उक्त भिडियोका विषयमा व्यापक आलोचना भएपछि अपूर्वले भदौ ११ गते नै उक्त भिडियो युट्युबबाट हटाएका थिए । साथै अपूर्वले सामाजिक सञ्जालबाटै नेवार समुदायको भावनामा चोट पुगेको भन्दै माफी मागेका थिए ।

अपूर्व क्षितिज सिंहले गल्ती स्विकार्दै माफी मागे पनि पृथबिन्दु महर्जन लगायतका १०१ जना युवाले प्रहरीमा जातीय भेदभाव तथा छुवाछुत लगायतका चार वटा कसुरमा निवेदन दिएका थिए । त्यही निवेदनका आधारमा प्रहरीले अपूर्वलाई पक्राउ गरेको थियो ।

कलाकर्मीदेखि राजनीतिकर्मीको अपूर्वलाई साथ

कमेडियन अपूर्व क्षितिज सिंहलाई माफी दिँदै उनलाई रिहा गर्नुपर्ने भन्दै अहिले सामाजिक सञ्जालदेखि जताततै आवास उठिरहेको छ ।  कलाकार देखि नेता समेतले यस बारेमा आवास उठाइरहेका छन् । हाँस्यकलाकार केदार प्रसाद घिमिरे माग्ने बुढा ले कमेडियन अपूर्वलाई रिहा गर्न माग गरेका थिए । उनले आफ्नो सामाजिक सञ्जालमा फेसबुकमार्फत एक स्ट्याटस लेख्दै सिंहलाई रिहा गर्न माग गरेका थिए । कलाकार मनोज गजुरेलले समेत अपूर्वलाई मानवीय आधारमा रिहा गर्न आग्रह गरेका थिए ।

संसदमा समेत उनका विषयमा आवास उठेको थियो । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदमा विशेष समय लिएर आफ्नो हास्य कला प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का पारे पनि क्षमा याचना गरेका उनलाई रिहा गर्न माग गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र  पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समेत अपूर्वको समर्थन गरेर उनको रिहाको माग गरेका थिए । अपूर्व क्षितिजले हँसाउने बाहेक आफ्नो उद्देश्य अरू नरहेका बताइ सकेका छन् ।

आफ्नो कमेडीमार्फत् नेवार समुदायमा चोट पुगेको भन्दै उनले माफी समेत मागेका थिए । उनले युट्युबबाट भिडियो समेत हटाइसकेका गरिसकेका छन् । आफ्नो गल्ती स्वकार गरिसकेका उनलाई दुई दुई चोटि पक्राउ गर्नुपर्ने नै कारण देखिँदैन । एउटा व्यक्तिविरुद्ध प्रहरी यसरी खनिनु अशोभनीय त हुँदै हो, राज्य संयन्त्रको दुरुपयोग पनि हो । आफ्नो कमेडीमार्फत सबैलाई हँसाउने अपूर्व जातीय घेराबन्दीमा फसेका छन् सबैलाई हँसाउने उनलाई सरकारले रुवाएर उनको कामको सम्मान स्वरूप आँसु उपहार दिएको छ ।

कुनै समुदायलाई चोट पुर्‍याउने आफ्नो नियत नरहेको भनिरहेका उनलाई जातियताका नाममा खेदो खन्नु उनको कलाका अपमान पनि हो । यसले पक्कै पनि नेपाली समाजमा राम्रो सन्देश दिँदैन ।

कलाकारितामा आफ्नो भविष्य देखिरहेका उनलाई निराश बनाउन बाहेक अरू केही होइन, यस्तै हो भने भोलिका दिनमा न त राम्रो कलाकार नै जन्मिने छन् न त भएका कलाकार नै आफ्नो कला प्रस्तुत गर्ने छन् ।

सरकारबाट निराश अपूर्व आफ्नो सामाजिक सञ्जालमा लेख्छन् , ‘यो मुद्दा कत्तिको सिरियस छ भन्ने कुरो थाहा पाउनु जरुरी छ । नेपालमा यो मुद्दा पहिलो हो र यसमा के हुन्छ कसैलाई केही आइडिया छैन । यो मुद्दा हारियो भने जसलाई जसले जे पनि मुद्दा हाल्न मिल्छ । खासै कोही केही बोल्न पाउँदैन । मानिस किन देश छोडेर विदेश जान्छ भन्ने म अहिले बल्ल बुझ्दैछु, तर म जान्न ।’

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ७ : ०३ बजे

शाखा अधिकृत तहका ३९ कर्मचारीको सरुवा

राजधानी लाइभ, काठमाडौं। एकैपटक ३९ जना शाखा अधिकृतहरुको सरुवा भएको

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक