२३ मंसिर २०८०, शनिबार

लजभित्र गोप्य भिडियो रेकर्ड गर्ने एक पक्राउ



काठमाडौं । नेपाल प्रहरीले लजको कोठाभित्र गोप्यरुपमा भिडियो रेकर्ड गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले असोज २ गते काठमाडौँ महानगरपालिका–३ बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाको गोप्यरुपमा अश्लिल भिडियो रेकर्ड गर्ने क्याफेका म्यानेजर ४२ वर्षीय मुकेश मालीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले गेष्ट हाउसमा बस्ने विभिन्न व्यक्तिको अश्लिल भिडियो रेकर्ड गरेकाले मालीलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ व्यक्तिले रेकर्ड गरेको भिडियोसहित आइफोन १२ प्रो म्याक्स मोबाइल समेत बरामद गरेको छ ।

पक्राउ मालीलाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ७ : २३ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले