१४ फाल्गुन २०८०, सोमबार

एउटा गाउँ जहाँ सबै जना संस्कृत बोल्छन्



असाम । भारतको असामको एउटा गाउँका सबै जना संस्कृत भाषा बोल्छन्  ‘संस्कृतग्राम’ भनेर चिनिने त्यो गाउँका बासिन्दाहरूले सन् २०१५ देखि संस्कृत भाषामै दैनिक व्यवहार गर्दै भाषिक आदान(प्रदान गर्ने गरेका छन् ।

कारिम्गञ्ज जिल्लाको पटियला गाउँका ६० परिवारका करिब ३०० जनाले संस्कृत भाषालाई बोलचालको भाषाकारूपमा अङ्गीकार गरेका छन् । चाहे बालक होस् या बृद्ध सबै संस्कृत भाषामा बोल्छन् । यो गाउँका सबैलाई खुसी संस्कृतवक्ताको गाँउ भनेर चिनिन्छ ।

गाउँलेहरूले आगामी नयाँ पुस्ताले यसलाई निरन्तरता दिने र भाषिक चिन्तनको विकास गर्ने लक्ष्य राखेर सो अभियान चलाएको बताउँछन् । अत्यन्त प्राचीन र समृद्ध भाषा तर दैनिक व्यवहार र बोलिचालीका हिसाबले लुप्त हुँदै गएको भाषाको जनस्तरबाटै संवर्धन गर्ने उद्देश्यले सो अभियान चलाइएको र सन् २०१३ देखि त्यो गाँउमा नियमितरूपमा दैनिक योगशिविर समेत आयोजना गरिंदै आएको छ ।

स्थानीय दीपनाथ जो योगप्रशिक्षक पनि हुन्, उनले सो अभियानबाट नयाँ पुस्तामा आफ्नो योगजीवन र प्राचीन भाषाको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्छन् । त्यो गाउँमा प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म योगशिविर सञ्चालन हुन्छ । त्यो शिविरमा पनि संस्कृत नै बोलिन्छ । त्यसैगरी प्रत्येक महिना गायत्री यज्ञ आयोजना गरिन्छ र सबैले त्यसमा सहभागिता जनाउँछन् ।

साठी परिवार मध्ये प्रायः सबै कृषि कर्मै संलग्न छन् । केवल १५ जना मात्र अन्य रोजगारीमा आबद्ध छन् । छिमेकी गाँउ अनिपुरबस्तीमा पनि यस्तै अभ्यास गर्न लागिएको दीपनाथले बताउँछन् ।

विपुल ज्ञानभण्डार भएको संस्कृत भाषा अहिले जनस्तरबाट उपेक्षित देखिन्छ भने राज्यस्तरबाट समेत त्यति ध्यान दिइएको पाइदैन । तर स्थानीयस्तरबाट भाषिक संरक्षणमा चलाइएको अभियान चारैतिरबाट प्रशंसित छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ७ : ४० बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२