काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा सत्ता गठबन्धन हाबी हुने बताएका छन् । सुदूरपश्चिममा भएको सत्ता गठबन्धनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरूलाई मतदान गर्न आग्रह गरे ।
‘सुदूरपश्चिमबाट जितेको म सबैको सहयोगले प्रधानमन्त्री बन्न पाएको छु,’ उनले भने, ‘भोलिको राजनीतिमा गठबन्धनको वर्चस्व हुन्छ, गठबन्धनलाई जिताउन अनुरोध गर्दै छु, देश महत्त्वपूर्ण मोडमा छ ।’
उनले संविधान बचाउने कि नबचाउने गणतन्त्र जोगाउने कि नजोगाउने भन्ने कुरा आगामी निर्वाचनले तय गर्ने दाबी गरे । उनले संघीयता बच्न गठबन्धन जित्न आवश्यक रहेका दाबी गरे ।
प्रतिक्रिया