२२ मंसिर २०८०, शुक्रबार

टी२० विश्वकप : पाकिस्तानले भारतलाई दियो १६० रनको लक्ष



काठमाडौं । आइसिसी टी२० विश्वकपअन्तर्गत समूह-२ को बहुप्रतिक्षित खेलमा पाकिस्तानले भारतलाई १६० रनको लक्ष्य दिएको छ। मेलवर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेटको क्षतिमा १५९ रन जोड्यो।

पाकिस्तानका लागि इफ्तिखर अहमेद र शान मसूदले अर्धशतक प्रहार गरे। इफ्तिखरले ५१ रन जोड्ने क्रममा ३४ बलमा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै शान मसूदले नटआउट ५२ रन जोडे। उनले ४२ बलमा ५ चौका हिर्काए।

त्यसअघि ओपनद्वय मोहमद रिजवान र कप्तान बाबर अजाम सस्तैमा आउट भए। रिजवान ४ रन र बाबर शून्यमा आउट भए।

दुवैलाई अर्शदीप सिंहले आउट गरेका थिए। यी दुई ओपनर जोडी ४ रनको साझेदारीमा आउट हुँदै खराब रेकर्ड बनाए। दुई जनाबीच भएको यो सबैभन्दा कम रनको साझेदारी हो। ।

८ बलमा १ चौका र १ छक्काको मद्दतमा १६ रन जोडेका शाहीन साह अफ्रिदी अन्तिम ओभरको दोस्रो बलमा आउट भए।

बलिङमा भारतका अर्शदीप र हार्दिक पाण्ड्याले ३-३ विकेट लिए। भुवनेश्वर कुमार र मोहमद सामीले १-१ विकेट लिन सफल भए।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : ०६ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले