१४ आश्विन २०८०, आइतबार

टी २० विश्वकप : पाकिस्तानमाथि भारतको जित 



काठमाडौं । आईसीसी विश्वकप टी २० क्रिकेटमा भारतले चिरपरिचत प्रतिद्वन्द्वी पाकिस्तानमाथि ४ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । भारत र पाकिस्तानबीच दुइपक्षिय सिरिज नभएको बर्षौ भइसकेको छ ।

यी दुई देशबीचको राजनीतिक लडाईंको असर क्रिकेटमा पनि परिरहेका बेला भारत र पाकिस्तान एसीसी र आईसीसीका टुर्नामेन्टहरुमा मात्रै खेल्दै आएका छन् । जस अनुसार आज भारत र पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी २० विश्वकप क्रिकेटको सुपर १२ मा प्रतिस्पर्धा गरेका हुन् ।

पाकिस्तानले दिएको १६० रनको लक्ष्य भारतले अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गरेको थियो । भारतलाई जिताउनका लागि विराट कोहली र हार्दिक पाण्ड्याले आधार तयार गरेका थिए भने हार्दिक आउट भएपछि विराट कोहली र दिनेश कार्तिकले सम्हालेका थिए ।

विराट कोहली ८२ रनमा नटआउट रहे भने हार्दिक पाण्ड्याले ४० रनको पारि खेले । मोहम्मद नवाज र हेरिस रौफले दुई दुई विकेट लिए । पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो । उसका लागि सान मसुदले ५२ तथा इफ्तिकर अहमदले ५१ रनको पारि खेले । अर्सदीप सिंह र हार्दिक पाण्ड्याले तीन तीन विकेट लिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ७ : ५३ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम