१६ मंसिर २०८०, शनिबार

बन्दुकको छर्रा लागेर एक महिला घाइते



काठमाडौं । कास्कीमा बन्दुकको छर्रा लागेर एक जना महिला घाइते भएकी छन् । शनिबार बिहान साढे ८ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ खैमराङमा घाँस काट्दै गरेकी महिला बन्दुकको छर्रा लागेर घाइते भएकी थिइन् ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले साँझ एक जनालाई बन्दुकसहित पक्राउ गरेको कास्की प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए ।

उनका अनुसार  घटना लगत्तै खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही वडाका २२ वर्षीय आइत सिंह तामाङ छन् । उनको साथबाट एक नाले भरुवा बन्दुक फेला पारेको डिएसपी तिवारीले बताए ।

तामाङलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा ८ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तिवारीले बताए । घाइते महिलाको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको डिएसपी तिवारीले बताए । महिलाको अवस्था सामान्य रहेको तिवारीको भनाइ छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ८ : ४६ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान