१७ मंसिर २०८०, आइतबार

छिमेकीको हत्या गरी फरार रहेका प्रतिवादी १२ वर्षपछि पक्राउ



अर्घाखाँची । छिमेकीको हत्या गरेर फरार भएका अर्घाखाँचीका दुई जना व्यक्तिलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरका दुई जना फरार प्रतिवादी पक्राउ गरी अर्घाखाँची प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भूमिकास्थान–१०, धनचौर प्यारे निवासी ४० वर्षीय सालिक बहादुर बुढा र ३६ वर्षीय नारायण बुढा रहेको जिल्ला प्रहरी कार्यालय अघाखाँचीले जनाएको छ  ।

प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालका अनुसार उनीहरू १२ वर्षदेखि फरार रहेका थिए । प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा उनीहरूलाई अर्घाखाँची र कपिलवस्तुको सिमानाबाट पक्राउ गरिएको हो । उनीहरू २०६७ साल माघ २५ गते आफ्नै छिमेकी ४० वर्षीय दधिराम भुसालको हत्या गरेर फरार रहेका थिए ।

जिल्ला अदालत अर्घाखाँचीले २०७५ असार ३ गते हत्यामा संलग्न ९ जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो । जसमध्ये ६ जनाले कैद भुक्तान गरिरहेका छन् भने हत्यामा संलग्न १ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई अदालतमा पेस गरी प्रक्रिया अगाडी बढाइएको छ ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : ०० बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र