१९ मंसिर २०८०, मंगलबार

नलगाड डिपीआर ६ वर्षसम्म तयार भएन



काठमाडौं । ३१ महिनाभित्र डिपीआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिए पनि वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन।

सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपीआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी, अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक), एमडब्लुएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो।

पटकपटक म्याद थप्दा पनि डिपीआरको काम पूरा नभएपछि जाजरकोटका स्थानीय बासिन्दा आक्रोशित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । विद्युत् उत्पादनगृहमा माटो जाँचका लागि खनिएको सुरुङको काम बीचबीचमा छोड्दै निर्माण गर्दा ढिला भइरहेको छ।

अब ३ सय ५५ मिटर सुरुङमध्ये अहिलेसम्म ३ सय ५२ मिटर मात्र खनेको र बाँकी एक हप्ताभित्र पूरा हुने नलगाड जलविद्युत् आयोजनाका इन्जिनियर पदम थापाले बताए। आयोजनको वातावरणीय प्रभाव मूल्याङ्कन वन मन्त्रालयमा पुगेर अध्ययन भइरहेको थापाले बताए । कारोबार दैनिकबाट

 

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : २४ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ