२३ मंसिर २०८०, शनिबार

बैंकको व्याजदरले डिप्रेसनको खतरा



भक्तपुर । बैंकको चर्को व्याजदरले व्यवसायीहरूमा डिप्रेसनको खतरा भएको सरोकारवालाहरूले बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघले दीपावली, नेपाल संवत ११४३ को अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

संघका भक्तपुर अध्यक्ष शिवप्रसाद मानन्धरले बैंकले मनपरी ब्याज बढाउँदा व्यवसायीहरुलाई डिप्रेसन हुन थालेको बताए । ‘हामीलाई राति निद्रा लाग्न छोडेको छ,’ उनले भने, ‘यही कारण व्यवसायी पलायन र व्यवसाय नै धराशयी हुने अवस्था आयो ।’

बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको ब्याजदरले लगानी गर्न व्यापारी तथा व्यवसायीहरुलाई निरुत्साहित गर्ने भन्दै उनले वाणिज्य बैंकहरुलाई ज्ञापनपत्रसमेत बुझाएको स्मरण गरे । संघको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सम्मिलित टोलीले भक्तपुरस्थित विभिन्न वाणिज्य बैंकका शाखामार्फत ज्ञापनपत्र बुझाएको उनले सुनाए ।

मानन्धरका अनुसार बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, मेघा बैंक, नबिल बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंकका भक्तपुरस्थित शाखाका शाखा प्रमुखहरुलाई ज्ञापनपत्र बुझाइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ११ : ५८ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले