१६ मंसिर २०८०, शनिबार

अबको ध्यान गरिबी निवारण र रोजगारी सृजनातर्फ : सञ्चारमन्त्री कार्की



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टि जेसीजले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

उनले सुनसरी–४ का साथै देशको समग्र विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाका लागि योजना बनाएर अगाडि बढ्नेमा जोड दिए । नेपाली कांग्रेससहित लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रतिनीधिसभा सुनसरी–४ का उमेदवारसमेत रहनुभएका मन्त्री कार्कीले २०७४ सालको निर्वाचनमा आफूले जनता सामु गरेको प्रतिबद्धता धेरैजसो पूरा गरेको जानकारी दिए ।

यस क्षेत्रको शिक्षा, स्वास्थ्य, विद्युत, भौतिक निर्माणकार्य पाँच वर्षमा गरेको बताउँदै अब गरिबी निवारण र रोजगारी सृजनालाई प्राथमिकता दिने उल्लेख गरे । देशको विकासका लागि पर्यटन, ऊर्जा, उद्योग, कृषिसहित सूचना प्रविधिको समेत महत्वपूर्ण भूमिका हुने भएकाले यससँगै अरु कामलाई अगाडि बढाउने प्रतिवद्धता उनले व्यक्त गरे ।

उनले यस क्षेत्रमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा सूचना प्रविधिको र पेपर लेस प्रविधि कार्य आफनै पहलमा हुन लागेको जानकारी दिए । चक्रपट्टि जेसीजले गत साता आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत तनाव व्यवस्थापनका लागि योगाभ्यास, साइबर क्राइम विरुद्ध अन्तक्रिया, नेतृत्व र व्यक्तित्व विकासका लागि जेसिज विषयक अन्तरक्रिया, मैत्रीपूर्ण फुटबल र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको मूल आयोजक समितिका कार्यक्रम संयोजक तेजबहादुर पुरी (सन्तोष)ले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १ : ५८ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान