१७ मंसिर २०८०, आइतबार

सुर्खेतमा साँझ ७ बजेपछि देउसी भैलो खेल्न रोक



सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले साँझ ७ बजेपछि देउसी भैलो खेल्न रोक लगाउने भएको छ । तिहारको समयमा राति अबेरसम्म देउसी भैलो खेल्दा झगडा, विवाद र विभिन्न आपराधिक घटना हुने भन्दै साँझ ७ बजेपछि देउसी भैलो बन्द गरेको हो ।

प्रशासनले देउसी भैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ । तिहारको समयमा दियो, मैनबत्ती, पालाहरू बाल्ने एवं विद्युतीय उपकरणहरू प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटनाहरू हुन सक्ने भएकाले राति ७ बजेपछि तिहारको गतिविधि नगर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ले बताए ।

प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर पटाका, अतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा नपड्काउन अनुरोध गरेको छ ।  उक्त कार्य गरेको पाइएको खण्डमा प्रशासनले कारबाही गर्ने जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ६ : ४१ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र