५ आश्विन २०८०, शुक्रबार

सिभिल बैंकले नाफा बढ्यो



काठमाडौं । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा बैंकले ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसैअवधिको भन्दा ४२.२३प्रतिशत ले धेरै हो । गत वर्षको यही अवधिमा बैंकले २९ करोड १८ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यसअवधिसम्म सञ्चालन नाफा ३८ प्रतिशतले बढेर ५८ करोड ८४ लाख रुपैयाँमा पुगेको छ । गत वर्ष सो नाफा ४२ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी पनि ६२.२१ प्रतिशतले बढेर १ अर्ब १५ करोड २९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको वृद्धिले खुद नाफा सुधार हुन पुगेको हो ।

बैंकको वितरणयोग्य नाफा ८६ करोड ३ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २ अर्ब ४९ करोड रुपैयाँ जम्मा भएको छ । हाल यसको चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख रुपैयाँ छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७८ पैसाले बढेर १८ रुपैयाँ २९ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५१ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९५ पैसा छ । सिभिल बैंक अहिले हिमालयन बैंकसँग गाभिने प्रकृयामा रहेको छ ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : १९ बजे

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ

राजधानी लाइभ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै