१९ फाल्गुन २०८०, शनिबार

तातोपानीमा कात्तिक स्नान मेला



चौतारा । सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थलमध्ये तातोपानी धारामा कात्तिक स्नान मेला सुरु भएको छ । कात्तिक महिनाभर चल्ने मेलामा स्नान गर्न हजारौँ स्वदेशी तथा विदेशी भक्तजन पुग्ने तातोपानी धारा संरक्षण समितिले जनाएको छ ।

चौवालिस डिग्री सेन्टिग्रेड तापक्रमको पानी निरन्तर बगिरहने नेपाल र चीनको सिमानामा रहेको तातोपानी धारामा नुहाए छालासम्बन्धी रोग निको हुने जनविश्वास छ ।

धारा व्यवस्थापन समितिले केही वर्षअघिदेखि भक्तजनलाई स्नान गर्न सजिलो गराउने उद्देश्यले महिला र पुरूषका लागि छुट्टाछुट्टै धाराको व्यवस्था गरेको छ । महिलाका लागि तीन र पुरूषका लागि चारवटा धाराको व्यवस्था गरिएको उक्त समितिका पदाधिकारी विष्णु श्रेष्ठले बताए ।

विसं २०४८ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेको कार्यकालमा तातोपानी धारा संरक्षण समिति बनाइएपछि धाराको मर्मतसम्भार तथा व्यवस्थापनको काम हुँदै आएको उनले जानकारी गराए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १ : १४ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू