१९ मंसिर २०८०, मंगलबार

भारतीय मूलका बेलायती प्रधानमन्त्री सुनक, जो राजाभन्दा धनी छन्



काठमाडौं । कन्जरभेटिभ पार्टीको नेतृत्वको दौडमा विजयी भएपछि भारतीय मूलका ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । ऋषि बेलायतको पहिलो अश्वेत, पहिलो एसियाली मूलको र पहिलो हिन्दु प्रधानमन्त्री हुनेछन् ।

मंगलबार बेलायतको ५७ औँ प्रधानमन्त्री बन्न लागेका सुनक राजाभन्दा धनी छन् । ४२ वर्षका सुनक बेलायतको दोस्रो कान्छो प्रधानमन्त्री बन्नेछन् । यस अघि सन् १८१२ मा रोबर्ट जेन्किन्सन ४२ वर्षको उमेरमा बेलायती प्रधानमन्त्री भएका थिए भने १७५९ मा जन्मेको विलियम पिट १७५९ मा २४ वर्षको उमेरमै प्रधानमन्त्री बनेका थिए ।

संसारकाे सबैभन्दा पुरानो संसदीय लोकतान्त्रिक मुलुक बेलायतमा गत असारयता तीन जना प्रधानमन्त्री भइसकेका छन् । सरकारका मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनले बाध्य भएर राजीनामा दिएका थिए ।

भदौ अन्तिम साता बेलायती प्रधानमन्त्री बनेकी लिज ट्रसले ४५ दिनभन्दा बढी पद सम्हाल्न सकिनन् । उनको सरकारले ल्याएको आर्थिक नीतिको पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि उनी राजीनामा दिन बाध्य भइन्।

को हुन् ऋषि सुनक, कति छ सम्पत्ति ?

सुनकको जन्म सन् १९८० मा साउथह्याम्पटनमा पूर्वी अफ्रिकाबाट बेलायत आएका भारतीय आमाबुवाबाट भएको थियो । ऋषिका बुवा बेलायतको स्वास्थ्य सेवामा काम गर्थे भने उनकी आमा फार्मेसिस्ट थिइन् । उनी आमाबुवाको तीन छोराछोरी मध्ये जेठो सन्तान हुन् ।

सन् २००९ मा उनको विवाह भएको थियो । उनको विवाह भारतीय अर्बपति नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग भारतको बैंग्लुरूमा भएको थियो । अक्षताका बुवा नारायण प्रविधि कम्पनी इन्फोसिसका संस्थापक हुन् भने उनी फेसन डिजाइनर हुन् । ऋषि र अक्षताका दुई छोरी कृष्णा र अनुष्का छन् ।

‘द सन्डे टाइम्स’का अनुसार ऋषि र अक्षतासँग ७३ करोड पाउन्ड सम्पत्ति छ । उनीहरू बेलायतका २५० वटा धनाढ्य परिवारभित्र पर्छन् । रानी एलिजाबेथको मृत्यु अघि प्रकाशित यस वर्षको सूचीमा, रानी एलिजाबेथ द्वितीयको तुलनामा लगभग ३७० मिलियन पाउन्ड सम्पत्ति थियो । यस तुलनामा एलिजाबेथ द्वितीय भन्दा ऋषि दम्पतीसँग ४२०  मिलियन पाउन्ड सम्पत्ति बढी छ ।

ऋषि दम्पतीको पैसा मुख्यतया अक्षताको बुबाको कम्पनी इन्फोसिसमा मूर्तिको सेयरबाट आउँछ । उनीसँग स्टार्ट–अप इन्क्यूबेटर क्याटामारन भेन्चर युकेको पनि स्वामित्व छ र आधा दर्जन वा अन्य कम्पनीहरूमा सेयर छ । ऋषि दम्पतीको बेलायतमा कम्तीमा तीन घरहरू रहेका छन् ।

शिक्षा

सुनकको विद्यालय जीवन बोर्डिङ स्कूलमा बितेको थियो ।  सुनकले निजी बोर्डिङ स्कूल, विन्चेस्टर कलेजमा पढेका थिए ।  सुनकले अक्सफोर्ड विश्वविद्यालयमा राजनीति, दर्शन र अर्थशास्त्र विषय अध्ययन गरेका हुन् ।

उनलाई अक्सफोर्ड विश्वविद्यालयमा बाट प्रथम श्रेणीको उपाधि प्रदान गरिएको थियो। ऋषिले स्ट्याण्डफोर्ड विश्वविद्यालयमा व्यवसाय प्रशासन (एमबीए)मा स्नातकोत्तर गरेका छन् ।

स्ट्याण्डफोर्ड विश्वविद्यालयमा नै उनकी पत्नी अक्षता मूर्तिसँग भेट भएको थियो । राजनीतिमा आउनुअघि उनी इन्भेस्टमेन्ट बैंक गोल्डम्यान स्याक्समा काम गर्थे। उनी दुई वटा हेज फन्डमा पनि जोडिएका थिए।

राजनीतिक जिवन

ऋषिले सात वर्षअघि मात्रै राजनीतिक यात्रा सुरु गरेका थिए । उनी २०१५ मा पहिलो पटक सांसद भएका थिए । थेरेसा मेको सरकारमा ऋषिलाई स्थानीय सरकारसम्बन्धी मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।  सन् २०२० मा उनी बोरिस जोनसनको सरकारमा अर्थमन्त्री बनेका थिए ।

कोरोनाकालमा बेलायती अर्थतन्त्र सम्हालेपछि उनको चर्चा चुलिएको थियो । पछि उनले जोन्सनसँग असहमति जनाउँदै राजीनामा दिएका थिए। अरू मन्त्रीहरूले पनि धमाधम राजीनामा दिएपछि केही समयमै जोनसन सरकार ढल्यो । त्यसपछि पहिलो पटक ऋषिले प्रधानमन्त्री बन्ने दौड सुरू गरेका थिए ।

कन्जरभेटिभ पार्टीको नेता बन्ने पहिलो दौडमा उनी असफल भए । गत भदौ २० उनी अर्की सांसद लिज ट्रससँग पराजित भए। त्यो पराजयको दुई महिना नपुग्दै ऋषि नम्बर १० डाउनिङ स्ट्रिटमा पुग्न सफल भएका छन् ।

विश्वभरबाट शुभकामना

ऋषि बेलायतको प्रधानमन्त्री बन्ने भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि संसारका विभिन्न नेताहरूले बधाई दिएका छन् । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्त्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन् । अहिले सामाजिक सञ्जालमा विश्वभरका मानिसले उनलाई शुभकामना दिएका छन् ।

ऋषिको मन पर्ने पेय पदार्थ कोकाकोला हो । सुनकले ‘कोका–कोला चीजहरू सङ्कलन गर्दछ’, एउटा कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई म पूर्ण रूपमा कोकको दुर्व्यसनी हु भनेका थिए ।

उनी प्रधानमन्त्रीमा चुनिए सँगै संकटोन्मुख बेलायती अर्थतन्त्र सुधारमा ल्याउन सक्लान भन्ने प्रश्न पनि उठ्न थालेको छ । प्रधानमन्त्री चुनिए पछि बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा बाल्दै उनले भने, ‘हामीले शासन गर्छौं र निर्णयहरू फेरि सही गर्छौं भन्ने कुरा सुनिश्चित गर्ने समय आएको छ।’ ऋषिले ‘निष्ठापूर्वक’ सेवा गर्ने वाचा गरेका छन् । (विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ४ : ३८ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ