२२ मंसिर २०८०, शुक्रबार

तिहारका बेला पनि मतदातासँग भोट माग्दै गृहमन्त्री



रूपन्देही । गृहमन्त्री बालकृष्ण खाण तिहारका बेला पनि आफ्नै निर्वाचन क्षेत्र रुपन्देही ३ मा केन्द्रित देखिएका छन् । यसअघिका निर्वाचनमा त्यति धेरै मतदातासमक्ष नपुगेका उनी अहिले सानादेखि ठूला व्यापारी व्यवसायीका घरघरमा पुग्ने गरेका छन् ।

उनी दिनहुँजसो भैरहवा क्षेत्रमा मतदाताकहाँ पुग्ने गरेका छन् । खाँणलाई लोसपाका प्रदेश सभा सदस्यका उम्मेदवार बनेका सन्तोस पाण्डेले साथ दिइरहेका छन् । उनी साना साना व्यक्तिबाट भोट बैंक बनेका हुन् । पाण्डेकै सल्लाहअनुसार गृहमन्त्री साना साना व्यवसायीको घरघरमा पुग्ने गरेका छन् ।

स्थानीय व्यवसायी रामनाथ गुप्ताले अहिलेसम्म गृहमन्त्री आफ्नो घर पसलमा यसरी भोट माग्न नआएको बताए । ‘उहाँ धेरैपटक ठूल्ठूला ओेहोदामा पुग्नु भयो, तर अहिले जसरी भोट माग्न आउनु भएको थिएन । तर, अहिले भने आउनु भएको छ,’ उनले भने ।

गृहमन्त्री खाण दीपावलीको दिन बैंक रोड, मिलनचोक, गल्लामण्डी, मैत्री पथमा भोट माग्न पुगेका थिए । उनी भोट माग्न जाने बेला सादा पोसाकका प्रहरी पुग्ने गरेका छन् ।

यसअघि गृहमन्त्री खाँणले आफ्ना निर्वाचन क्षेत्रका सबैलाई दशै तिहारको शुभकामना कार्ड पठाएका थिए । उनले सबैको नामसमेत उल्लेख गरी कार्ड पठाएका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ४ : ४१ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले