२३ मंसिर २०८०, शनिबार

चलचित्र ‘महापुरूष’को प्रिमियरमा उत्साहजनक प्रतिक्रिया



चितवन। चलचित्र ‘महापुरूष’ ले चितवनमा प्रिमियर गरेको छ । ‘मोफसल प्रिमियर’ अन्तर्गत मंगलबार चितवनस्थित सिनेप्लेक्समा प्रिमियर भएको हो । दुवै पर्दामा भएको प्रिमियरमा चार सय दर्शकले चलचित्र  हेरेका छन् ।

कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले मोफसलका सञ्चारकर्मी र फिल्मप्रेमीलाई मध्यनजर गर्दै दुई स्थानमा प्रिमियर गर्न लागिएको बताए ।

‘प्रिमियरबाट पाएको प्रतिक्रिया उत्साहजनक छ । चितवनमा प्रिमियर हुँदा स्थानीय पनि उत्साहित हुनुहुन्छ । हामीले मोफसलमा देखाएका हौँ’, बानियाँले भने । चितवन प्रिमियरमा निर्माता बानियाँसँगै निर्देशक तथा लेखक प्रदीप भट्टराई सहभागी रहे। आफ्नो फिल्मको मोफसलमा प्रिमियर गर्ने रहर पूरा भएको निर्देशक भट्टराईले बताए ।

‘मेरो फिल्म मोफसलमा पनि प्रिमियर गरौँ भन्ने चाहना थियो । त्यो यसपटक पूरा भयो’, निर्देशक भट्टराईले भने । फिल्मकै काममा अल्झिने हुँदा मोफसलमा यसअगाडि यस्ता इभेन्ट गर्न नसकिएको उनले बताए ।

बुधवार इटहरीमा प्रिमियर हुँदैछ । पूर्वाञ्चलका दर्शकलाई लक्षित गर्दै इटहरीमा रहेको इलाइट सिनेमामा फिल्मको प्रिमियर गर्न लागिएको हो । इटहरीमा हुने प्रिमियरमा कार्यकारी निर्माता बानियाँ र निर्देशक भट्टराईसँगै अरुण क्षेत्री र अन्जना बराइलीसमेत सहभागी हुनेछन् । ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्मको शो समयसमेत मल्टिप्लेक्सहरूमा प्रकाशित हुन थालेको छ । फिल्मको अनलाइन टिकेट बुकिङ गर्न सकिनेछ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ । यही फिल्म मार्फत अरुण क्षेत्री र अन्जना बराइलीले डेब्यु गर्दैछन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ८ : ३८ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले