१४ फाल्गुन २०८०, सोमबार

हरिवंश आचार्यको घरमा बालेनको देउसी



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले वरिष्ठ अभिनेता हरिवंश आचार्यको घरमा देउसी खेलेका छन् । उनी फिल्म ‘महापुरूष’ ले आयोजना गरेको देउसीभैलो कार्यक्रममा नजिकका साथीहरूसँग अभिनेता आचार्यको निवासमा पुगेका थिए ।

उनले त्यहाँ आफू मेयरभन्दा पनि साथीभाइ बनेर देउसी खेल्न आएको बताए । र्यापर बालेनले लोकभाकामा भट्याउँदै गर्दा अभिनेता आचार्यसहित फिल्मका निर्माता म्याक्स दिपेश खत्री, निर्देशक प्रदीप भट्टराई, कलाकारसमेत रहेका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ, कलाकार अरुण क्षेत्रीसहितको टोली छमछमी नाचेका थिए ।

सामाजिक कार्यका लागि फेसबुकमा खोलिएको मेन्ज रूम रिलोडेड (एमआरआर) ग्रुपसँग जोडिएका केही सदस्यहरूसँगै सामाजिक अभियन्ताहरू देउसी खेल्न अभिनेता आचार्यको निवासमा पुगेका थिए । अभिनेता आचार्यकहाँ देउसी खेल्ने योजना बनेको थाहा पाएपछि आफू सहभागी भएको बालेनले बताए । आफ्नो प्रांगणमा देउसी खेल्न आइपुगेका युवाहरूलाई स्वागत गर्दै कला संस्कृतिको प्रवर्द्धन गर्न अभिनेता आचार्यले सुझाए । ‘हाम्रो कला, संस्कृतिलाई युवाले आउँदो पुस्तासम्म पुर्याउनुपर्छ । उहाँहरू देउसी खेल्न आउनु भयो । खुसी लागेको छ,’ अभिनेता आचार्यले भने ।

देउसीमा अभिनेता आचार्य र मेयर साह देउसी भट्ट्याउँदै नाचेका थिए । साथीभाइहरू मिलेर एकछिन रमाइलो गरिएको कार्यकारी निर्माता बानियाँले जानकारी दिए । ‘हामीले हाम्रो कला, संस्कृतिलाई महापुरूष हरिदाइको प्रांगणमा उत्सवको रुपमा मनायौँ । हाम्रो संस्कृतिले हामीलाई एकत्रितसँगै एकताबद्ध गराउने गरेको छ,’ कार्यकारी निर्माता बानियाँले भने ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १ : २१ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२