२३ मंसिर २०८०, शनिबार

रोल्पाको सुलिचौरमा जीप दुर्घटना, ३ जनाको मृत्यु



रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सुलिचौरमा आज बुधबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

सुलिचौरबाट गजुलका लागि छुटेको लु१ज ३२३४ नम्बरको जीप सुलिचौर बजार नजिकै सेवा केन्द्र भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दाङको घोराही उपमहानगरपालिकाका ६० वर्षीय नारायण रिजाल, ५८ वर्षीय विष्णु रिजाल र ५० वर्षीया फाम्सी केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मध्ये पाँच जनाको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर र सात जनालाई कोहलपुर रिफर गरिएको छ । ब्रेक फेल भएर जीप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ६ : ५२ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले