२३ मंसिर २०८०, शनिबार

जलस्रोत तथा सिँचाइ कार्यालयले १११ वटा योजना निर्माण गर्ने



लमजुङ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय लमजुङले आर्थिक वर्ष २०७९/०८० मा कार्यालयमा परेका योजनाहरूको निर्माण कार्य सुरु गरेको छ ।

कार्यालयका प्रमुख राजेन्द्र भण्डारीका अनुसार यस आर्थिक वर्षमा संघ सरकार र प्रदेश सरकारमार्फत जिल्लाका लागि प्राप्त भएको १ सय ११  वटा योजनाका काम असोजको दोस्रोबाट सुरु गरिएको हो ।

चालु वर्षमा जिल्लामा सिँचाइ सम्बन्धी संघ र प्रदेशबाट ६८ वटा योजना र नदी नियन्त्रण सम्बन्धी संघ र प्रदेशबाट ४३ वटा योजनाहरू परेको उनले बताए  । उक्त योजनाका लागि संघबाट ६ करोड २५ लाख र प्रदेशबाट ९ करोड ९७ लाख रुपैयाँ गरी कुल १६ करोड २२ लाख बजेट आएको छ ।

कुल १ सय ११ वटा योजनाका लागि आएको उक्त बजेटलाई योजनाको इस्टेमेट अनुसार बजेट विनियोजन गर्ने कार्यालयले जनाएको छ । संघ र प्रदेश सरकारबाट जिल्लामा सिँचाइ सम्बन्धी परेका योजनाहरूमा भोर्लेटार सिँचाइ योजना, अलैचेफाँट सिँचाइ योजना अर्चलबोट, राम्चेफाँट सिँचाइ योजना भुजुङ, राईनासटार सिँचाइ योजना, सत्रसय सिँचाइ योजना भोर्लेटार, मोर्ङी सिँचाइ योजना घनपोखरा, नयाँबारी सिँचाइ आयोजना राईनास ८ तार्कुघाट रहेको कार्यालयका इन्जिनियर सुजन खड्काले बताए ।

यस्तै फुलिखेत सिँचाइ योजना क्व्होलासोंथर गाउँपालिका ६, आलेकुलो सिँचाइ दुधपोखरी ४ ताजी, छिनखोला सिँचाइ आयोजना मस्र्याङ्दी ७, लामीखेत सिँचाइ योजना सुन्दरवजार ३, नर्सलबोटे पिप्ले सिँचाइ योजना बेंसीशहर २, खिन्चोक खोला सिँचाइ योजना दोर्दी गाउँपालिकालगायत गरी ६८ वटा सिँचाइ सम्बन्धी योजनाहरू रहेको उनले बताए  ।

यसैगरी संघ र प्रदेश सरकारबाट जिल्लामा नदी नियन्त्रण सम्बन्धी परेका योजनाहरूमा आपतकालीन बाढीपहिरो तथा जलस्रोतसम्बन्धी क्षतिग्रस्त संरचनाहरुको पुर्नस्थापना कार्य, सुनखोला तटबन्ध निर्माण बेंसीशहर ७, खहरेखोला तटबन्ध निर्माण मध्यनेपाल १ र २, दत्तेबाहुनी कुवा नजिक पहिरो नियन्त्रण राईनास ६, फुलबारी ढुंगाफोरुवा बस्ती संरक्षण सुन्दरवजार ९, कोल्की भञ्ज्याङ पहिरो नियन्त्रण दुधपोखरी ५, सिम्लेखेत दाहाल खोला नियन्त्रण राइनास ५, आँसिफाँट बस्ती संरक्षण मध्यनेपाल १०, किरिन्चे खोला नियन्त्रण कार्य सुन्दरवजार ५, डाँडास्वारा पहिरो नियन्त्रण दुधपोखरी २, आपतकालीन बाढीपहिरो नियन्त्रणलगायत गरी ४३ वटा योजना रहेका छन् ।

चालु वर्षका उक्त योजनाहरूमध्ये निर्माण सुरु गरिएको खहरेखोला नियन्त्रण सुन्दरवजार योजनाको काम सम्पन्न भएको इन्जिनियर खड्काले बताए  । यस्तै कोत्रिया कुलो सिँचाइ योजना मध्यनेपाल, आलेकुलो सिँचाइ योजना दुधपोखरीको कार्य तीव्र गतिमा अघि बढेको र अन्य योजनाको कार्य पनि सुरु हुने चरणमा रहेको उनले बताए  ।

चालु वर्षका योजनाहरूमध्ये संघ तर्फको ४ वटा र प्रदेश तर्फको १३ वटा योजना गत वर्षको रहेको छ । कार्यालयले चालु वर्षका योजनाका कार्यहरू असार मसान्तभित्रका सक्ने गरी योजनाहरूको कार्यलाई तीव्र पारेको सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ७ : ०५ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले