२२ मंसिर २०८०, शुक्रबार

‘चीनले भारतलाई कहिल्यै रणनीतिक प्रतिद्वन्द्वीका रूपमा हेर्दैन’



ढाका। चीनले भारतलाई रणनीतिक प्रतिद्वन्द्वीका रूपमा कहिल्यै नहेर्ने बङ्गलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले बताएका छन् । ढाका प्रेस क्लबमा बुधबार भएको एक कार्यक्रममा उनले आर्थिक, भूराजनीतिक एवम् अन्य समस्या समाधान गर्न भारत र चीनले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

भारतका लागि चिनियाँ राजदूत सन वेइडोङले आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कनुअघि “हामी भारतलाई चीनको रणनीतिक रणनीतिक प्रतिद्वन्द्वीको रूपमा कहिल्यै हेर्दैनौँ, भारत–चीन दुवैले भूराजनीतिको जालबाट बाहिर निस्केर विगतभन्दा फरक नयाँ बाटो खोज्नुपर्छ,” भनेको केही दिनपछि राजदूत लीबाट यो टिप्पणी आएको हो ।

राजदूत सुनले भारत र चीनबीचका मतभेद समाधान गर्दै एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई कायम राख्नुपर्नेमा जोड दिएका थिए । बेइजिङ र नयाँदिल्लीले मतभेदको व्यवस्थापन र समाधानको प्रयास गर्नुपर्नेमा जोड दिँदै उनले चीन–भारत सम्बन्धलाई मतभेदले परिभाषित गर्नुको सट्टा वार्ता र परामर्शबाट उचित समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

चिनियाँ राजदूतसँगको बिदाई भेटपछि भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले चीन–भारत सीमा क्षेत्रमा शान्ति कायम गर्न तथा शान्तिपूर्ण द्विपक्षीय सम्बन्धलाई अक्षुण्ण राख्न अपरिहार्य भएकामा जोड दिँदैे भारत–चीन सम्बन्ध सामान्यीकरण हुनु दुवै देशका लागिमात्र नभई एशिया र समग्र विश्वको हितमा रहेको बताएका थिए ।

सन् २०२० मा लद्दाखको दोक्लाममा भएको दोहोरो झडपपछि चिसिएको चीन–भारत सम्बन्धलाई पुनः पुरानै अवस्थामा फर्काउन तथा आपसी सम्बन्धलाई व्यवस्थित गर्न दुवै पक्षले प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ८ : १४ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले