१४ आश्विन २०८०, आइतबार

हेटौंडास्थित होटेलमा आगलागी, पाँच ग्यास सिलिन्डर बिस्फोट



मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं १० स्थित बसपार्क नजिक तरकारीको थोक बजारसँग जोडिएको होटेलमा आज दिउँसो आगलागी भएपछि ग्यास सिलिन्डर पड्किएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार तिहारका बेला होटेल मालिक मीना साह होटेल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएपछि एकपछि अर्कोगरी पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको हो ।

आगलागीको घटनापछि हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकलले एक घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीबाट तरकारीको थोक बजारमा केही क्षति पुगेको छ ।

प्रहरीले आगलागीबाट मानवीय क्षति नभएको र होटेलमा पूर्णरूपमा क्षति पुगेको तथा भौतिक क्षतिको विवरण आई नसकेको जानकारी दिएको छ ।

होटेल मालिक मीना साहले गरगहना र नगदसहित करिब रु २० लाखको क्षति भएको बताए । प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने जानकारी दिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ९ : १३ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम