५ आश्विन २०८०, शुक्रबार

लुम्बिनी विकास बैंकको नाफा ६६.६८ प्रतिशतले घट्यो



काठमाडौं ।  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफा ६६.६८ प्रतिशत ले घटेर ७ करोड १० लाख २९ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्षको यही अवधिमा बैंकले २१ करोड ३१ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा सञ्चालन नाफा घटेकाले र  इम्पेरिमेन्ट चार्ज बढेकाले खुद नाफा प्रभावित भएको हो । सञ्चालन नाफा पनि ७०.२१ प्रतिशत ले घटेर ८ करोड ७२ लाख रुपैयाँमा झरेको छ ।

गत वर्ष सो नाफा २९ करोड २७ लाख रुपैयाँ रहेको थियो ।  बैंकले यस वर्ष इम्पेरिमेन्ट चार्ज बापत २४ करोड २६ लाख रुपैयाँ छुट्याएको छ । बैंकको निष्कर्ष कर्जा अनुपात १.८९ प्रतिशत बाट बढेर ३.२० प्रतिशत पुगेको छ ।

यता, खुद ब्याज आम्दानी भने ३६.६६ प्रतिशत ले बढेर ४५ करोड ५९ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ४० करोड २१ लाख रुपैयाँ रहेको छ ।  यसको जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ जम्मा भएको छ ।

गत वर्षको चौथो त्रैमासमा कम्पनीको जगेडा कोषमा १ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ रहेको थियो । कम्पनीको चुक्ता पुँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ छ ।

असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६९ पैसाले घटेर ८ रुपैयाँ ६५ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २ पैसा छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १० : १६ बजे

एकैपटक ३५ जना उपसचिवको सरुवा

आज सरुवा भएका उपसचिवहरूमध्ये कतिपय अन्तर मन्त्रालयमा सरुवा भएका छन्

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

राजधानी लाइभ, काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा

धार्मिक सद्भावका लागि गृह मन्त्रालयमा छलफल

राजधानी लाइभ, काठमाडौं । पछिल्लो समय देशका केही ठाउँमा धार्मिक

राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

आयोगको प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची छन् ।

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना पक्राउ

राजधानी लाइभ, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मलेसिया पठाइदिन्छु भन्दै