१४ आश्विन २०८०, आइतबार

दार्चुलामा बालकको मृत्यु, घटनाको यथार्थ छानबिन गरी राहत दिलाउन मन्त्री बडूको निर्देशन



दार्चुला । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाको व्याँस गाउँपालिका—२ तम्पाकुका १२ वर्षीय पवन महरा मृत्युको कारण छानबिन र राहतका लागि पहल गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

उनले महाकाली पारी पिथौरागढ जिल्लाको धार्चुला तहसिलमा सडक कटानका क्रममा चट्टान फुटाउन विस्फोट गर्दा उछिट्टिको ढुंगा लागेर बालकको ज्यान गएको बारे मृतकका परिवारले आफूलाई जानकारी दिएको र यसको यथार्थ छानबिन गरी तत्काल भारतीय पक्षलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई निर्देशन दिएका हुन् ।

मन्त्री बडूले गृह र परराष्ट्र मन्त्रालयलाई समेत यस विषयलाई गम्भीरताका साथ लिई राहत र क्षतिपूर्तिका लागि पहल गर्न ध्यानाकर्षण गराइसकेको बताए ‘मैले मृतकका परिवारसँग बुझ्दा भारतमा सडक निर्माणका क्रममा गराइएको बिस्फोटका कारण ढुंगा उछिट्टिएर बालकको ज्यान गएको भनेका छन्, स्थानीय प्रशासनलाई यसको यथार्थ पत्ता लगाउन भनेको छु’ मन्त्री बडूले भने, ‘हामीले यो घटनालाई गम्भीरताका साथ लिएर राहत र क्षतिपूर्तिका लागि तुरुन्त कूटनीतिक पहलका लागि समेत निर्देशन दिएको छु ।’

मन्त्री बडूले सडक निर्माणका क्रममा विस्फोट गर्दा सीमासँग जोडिएको नेपाली पक्षलाई जानकारी नदिएर भारतीय निर्माण पक्षले गम्भीर त्रुटि गरेकोले कूटनीतिक माध्यमबाट सरकारले क्षतिपूर्ति र फेरि यस्तो हुन नदिन पहल गर्ने बताए ।  महाकाली पारि पिथौरागढ जिल्ला धार्चुला तहसिलमा गर्ग एन्ड गर्ग कम्पनीले सडक निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : १४ बजे

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

उनको दाहिने खुट्टा भाचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम