१७ मंसिर २०८०, आइतबार

कालिकोट विष्फोटकमा गम्भीर घाइतेको उद्धारका लागि हेलिकप्टर पठाउन गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कालिकोटको तिलागुफा नगरपालिका १० रानावाडामा विष्फोटक वस्तु पड्किदा गम्भीर घाइते भएकाहरू बच्चाबच्चीको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणको निर्देशनपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर कालिकोट पुगेर अवतरण गरिसकेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसका कुनै कसुर बाकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई भनेका छन् ।

विष्फोटक पदार्थ पड्किदा एक जनाको उपचारका क्रममा मृत्यु भएको र चार जना गम्भीर घाइते भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तिलागुफा १० कि ४ वर्षकी झरना थापाको उपचारका क्रममा मृत्यु भएको प्रजिअ शर्माले बताए ।

घटनामा सोही ठाउकै ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ११ : ३२ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र