१६ मंसिर २०८०, शनिबार

दमकलाई हराउँदै बेलाबारी सेमिफाइनलमा



पथरी । मोरङको पथरी शनिश्चरेमा जारी पिट्सवर्ग च्यालेन्ज कपको दोस्रो खेलमा बेलबारी फुटबल क्लब बेलबारी विजयी भएको छ । भुट्निज युथ क्लब बेलडागी दमकलाई एकका विरुद्ध दुई गोल गर्दै बेलबारी विजयी भएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा बेलबारी एफसीका विल्सन गिरीले खेलको २१ मिनेटमा गोल गर्दै अग्रता लिए । पहिलो हाफमा १–० गोलले पछि रहेको भुट्निज युथ क्लब बेलडाँगी दमकले खेलको ६५औँ मिनेटमा अर्को गोल खान पुग्यो । मैदानको बीच भागबाट पाएको पासमा बेलबारीका निशान लिम्बूले किपरलाई विट मार्दै उत्कृष्ट गोल गरेका थिए ।

भुट्निज युथ क्लब बेलडाँगी दमकका लागि खेलको ९३औँ मिनेटमा एक मात्र सान्त्वना गोल नवीन विश्वकर्माले गरेका थिए । खेलको म्यान अफ दी म्याच बेलबारी फुटबल क्लबका मैसम लिम्बू घोषित भए । लिम्बूलाई प्रतियोगिताको विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले नगद रु दुई हजार पाँच सयका साथ ट्रफी पदान गरे ।

पथरीशनिश्चरे वडा नं १० को प्रस्तावित रङ्गशालामा सञ्चालन भइरहेको खेलअन्तर्गत आइतबार पथरी शिविर र लेटाङ एफसीबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले रु दुई लाख एक हजार र उपविजेताले रु एक लाख एक हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । सात विधाका उत्कृष्ट खेलाडीलाई रु पाँच हजारदेखि रु सात हजार पाँच सय नगद पुरस्कार प्रदान गरिने खेल संयोजक गणेश थक्लुङले जानकारी दिए ।

यही कात्तिक ११ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा झापा र मोरङका आठ टोली सहभागी छन् । प्रतियोगितामा दमक एकेडेमी, पथरी–११ एफसी, चारतारे एफसी ९लेटाङ०, भुटानी शरणार्थी शिविर पथरी शनिश्चरे, बेलबारी एफसी, बेलडाँगी भुटानी शरणर्थी शिविर, जहदा एफसी र टेन नवोदय सहभागी छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १० : ११ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान