१७ मंसिर २०८०, आइतबार

काठमाडौं छिर्दै पञ्जाब र हरियाणाको धुवाँ



काठमाडौं । भारतको हरियाणा र पञ्जाब राज्यका किसानले डढाएको परालको धुवाँ नेपाल प्रवेश गर्न थालेको छ। यससँगै नेपालमा पनि वायु प्रदूषणको खतरा निम्तिने र नागरिकमा स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

यी दुई सहरका किसानले हरेक वर्ष धान भित्र्याएपछि मलका रूपमा प्रयोग गर्न पराल डढाउने गर्छन्। विशेषगरी कात्तिक र मङ्सिर महिनामा पराल जलाउने गरिन्छ। तर यसबाट उत्पन्न हुने वायु प्रदूषणलाई न्यूनीकरण गर्ने विषयमा भने दुवै मुलुकबाट प्रभावकारी कदम चालिएको छैन।

पराल जलाउने क्रममा दुर्घटनासमेत निम्तिने गरेका छन्। नासाले गरेको एक अध्ययनअनुसार गत वर्ष मात्रै पराल जलाउने क्रममा २२२ वटा दुर्घटना भएका थिए। यो वर्ष पनि किसानले पराल जलाउन सुरु गरिसकेका छन्। त्यसबाट निस्केको धुवाँ सीमावर्ती क्षेत्रमा छिर्न थालेको छ।

नेपालमा त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका प्राध्यापकहरू समेतको संलग्नतामा भएको अध्ययनबाट हरियाणा र पञ्जाबमा जलाइने परालको असर नेपालसहित अन्य मुलुकमा समेत पर्ने गरेको उल्लेख गरिएको छ। भारतको उत्तरप्रदेशमा कृषि अवशेष जलाउने मौसममा मध्य हिमाली क्षेत्रमा वायु प्रदूषणको असरसम्बन्धी उक्त अध्ययन प्रतिवेदनमा वायु प्रदूषण न्यूनीकरण गर्न नेपाल र भारतबीच सहकार्य गर्नुपर्ने सुझाव दिइएको छ। आजको गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ३९ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र