१४ फाल्गुन २०८०, सोमबार

एमाले उम्मेदवार थापाको चुनाव प्रचारमा बालबालिका प्रयोग, आयोगले साेध्याे स्पष्टीकरण



काठमाडौं। निर्वाचन आयोगले एमाले उम्मेदवार सूर्यबहादुर थापालाई स्पष्टीकरण सोधेको छ । प्यूठान जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका थापाले प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो । बालबालिका प्रयोग गरिएको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएको जनाइएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१)को खण्ड (ट)मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ ।

थापाले आफ्नो निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल रहेको ठहर आयोगले गरेको जनाइएको छ ।

आयोगले भनेको छ, ‘तपाईंले निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी निर्वाचन प्रचारप्रसार कार्य गर्नु भएको देखिएकाले यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहोला ।’

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? स्पष्टीकरणमा सोधिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : ३४ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२