१४ आश्विन २०८०, आइतबार

प्रतितोला एक हजार रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार नेपाली बजारमा एकैदिन प्रतितोला एक हजार रुपैयाँले सुनको मूल्य घटेको छ । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन अर्थात् कात्तिक ७ गते सुनको मूल्य स्थिर रहेको थियो। तिहारको बिदापछि खुलेको बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो। उक्त दिनको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

 

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ११ : ४७ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास