१६ मंसिर २०८०, शनिबार

शाहरुख खानको जन्मदिनमा ‘डीडीएलजे’ रि-रिलिज गरिने



मुम्बई । अभिनेता शाहरुख खान आगामी २ नोभेम्बरमा ५७औं जन्मदिन मनाउँदैछन् । उनको जन्मदिनको अवसर पारेर यशराज फिल्मस्ले दर्शकका लागि दुई ‘सरप्राइज’ दिँदैछ । एउटा सरप्राइज शाहरुख अभिनित फिल्म ‘पठान’को टिजर र अर्को सरप्राइज दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे) को रि–रिलिज गिरने भएकाे छ ।

‘पठान’का निर्माता आदित्य चोपडाका अनुसार दर्शकलाई शाहरुखको जन्मदिनमा उपहारस्वरूप यी दुई काम गर्न लागिएको हो । डीडीएलजेको निर्माण कम्पनी यशराज फिल्मस् नै हो ।

सन् १९९५ अक्टोबर २० मा रिलिज भएको डीडीएलजे मुम्बईको मराठा मन्दिर सिनेमा घरमा २७ वर्षदेखि प्रदर्शनरत छ ।

शाहरुखको जन्मदिनमा यो फिल्म मराठा मन्दिरका अलावा भारतका कैयौं थिएटरमा प्रदर्शन हुनेछ । फिल्मको टिकट मूल्य एक सय रुपैयाँदेखि एक सय ११ रुपैयाँसम्म राखिएको छ । यसका लागि अनलाइनमार्फत एडभान्स बुकिङ खुला गरिसकिएको छ ।

अहिलेको लागि मुम्बई, दिल्ली एनसीआर, कोलकाता, कानपुर, अहमदाबाद, लखनउ, पुणे र सूरतका थिएटरमा एडभान्स बुकिङ खुलाइएको छ ।

फिल्म ‘पठान’ मा शाहरुखका अलावा दीपिका पादुकोण र जोन अब्राहम प्रमुख भूमिकामा छन् । सिद्धार्थ आनन्द निर्देशित फिल्म सन् २०२३ जनवरी २५ मा हिन्दीसँगै तमिल र तेलुगू भाषामा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ११ : ५६ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान