१५ फाल्गुन २०८०, मंगलबार

कैलालीमा ६ पसलमा आगलागी हुँदा १ करोड बढीको क्षति 



अत्तरिया । कैलालीको गौरीगङ्गा नगरपालिका – १ चौमालामा शनिबार राती भएको  आगलागीबाट छ वटा पसलको धनमाल जलेर नष्ट भएको छ । चौमालाको हिमाल मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युतको लाइन सर्ट भई लागेको आगो नजिकै रहेको थप १ मोबाइल पसल, २ वटा किराना पसल, १ हार्डवेयर पसल र १ होटेलमा सल्केपछि पसल तथा होटेलमा रहेको सामान जलेर क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले दिए ।

आगलागीको घटना लगत्तै घटनास्थल पुगेको सशस्त्र प्रहरीको बनवेहँडास्थित सशस्त्र प्रहरीको रिजर्भ गण, नेपाल प्रहरी र स्थानीय, घोडाघोडी नगरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहायतामा झण्डै एक घण्टापछि साँझ ८ः३५ बजे आगो निभाइएको थियो ।

आगलागीबाट १ करोड १३ लाख ५० हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बिष्नु कुमार पाण्डेको लुम्बिनी होटेलमा १ लाख ५० हजार, जय सिंह भण्डारीको किराना पसलमा १५ लाख, पारस सापकोटाको मोबाइल ग्यालरीमा १० लाख, हिमाल पुन मगरको मोबाइल ग्यालरीमा १२ लाख, छविलाल खनालको हार्डवेयर पसलमा ४५ लाख र टंक प्रसाद आचार्यको सुज सेन्टरमा ३० लाखको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जोशीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ११ : ५९ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.