२३ मंसिर २०८०, शनिबार

प्रधानमन्त्री देउवाद्वारा नवलपरासीमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच जनाको ज्यान जानेगरी आज विहान नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङटार गाउँपालिका–२ मथारमा भएको सवारी दुर्घटनप्रति दुःख व्यक्त गरेका छन् ।

‘पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले स्तव्ध भएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

घाईतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत उनले जनाएका छन् । आज भएको दुर्घटना ५ जनाको मृत्यु र ३० जना घाइते भएका थिए । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

पाल्पाको हुगीदेखी दर्शनार्थी लिएर मनकामना आउँदै गरेको ना ६ ख ७५ ८० नम्बरको बस आज बिहान ४ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मीटर तल खसेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १२ : ४१ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले