१९ मंसिर २०८०, मंगलबार

गुल्मी -२ मा अर्बौ बजेट ल्याएको दाबी गर्ने गोकर्ण बिष्टलाई जनताकाे प्रश्न – विकास खै ?



गुल्मी । फिल्ड अर्थात् स्थलगत रूपमा गुल्मी जिल्लाको विकास छिमेकी जिल्ला बागलुङ, अर्घाखाँची, प्युठान र पाल्पाको  तुलनामा लाजमर्दो छ । तर, चुनाव नजिकिएसँगै एमाले कार्यकर्ताले फेसबुकमा विकासको फेहरिस्त राखेर गोकर्ण बिष्टले गुल्मी २ मा अर्बौको बजेट ल्याएको दाबी गरिरहेका छन् । तर गुल्मीलाई बुझ्ने र सचेत नागरिकहरूले  आक्रोश पोख्दै  त्यति ठूलो रकम  परेको हो भने खै त विकास ? भन्दै प्रश्न गर्न थालेका छन् ।

२०६५ सालपछि तत्कालीन माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री  भएको बेला  बागलुङ क्षेत्र नम्बर २ का सांसद तथा वर्तमान शिक्षा मन्त्री देवेन्द्र पौडेलको पहलमा  खोलिएको मध्य पहाडी लोकमार्ग पिच  भएर  डेढ दशक अघिदेखि  त्यस सडकमा चिल्ला कार गुड्छन् । तर  पटक  पटक दुई जना संघीय सरकारका मन्त्री र  अर्का प्रदेश सरकारका मन्त्री सहित ३ जना मन्त्री भएको गुल्मी जिल्लाको सबैभन्दा व्यस्त  रुद्रवेणी  वामीटक्सार खर्बाङ्ग सडकको हविगत चार दशक  बित्नै लाग्दा पनि उस्तै छ ।

भुईँको विकासको त्यो  हविगत देखेर पनि फेसबुकमा विकासको फेहरिस्त पस्किन लजाउनु पनि पर्ने हो तर लाज नमानी कुनै एक जनाले मात्रै पोष्ट गरेका छैनन् बरु सगौरव शेयर पनि गरिरहेका छन् ।

सचेत जनता यो बेला नबोले कहिले बोल्ने ? अहिले सोधे कहिले सोध्ने ? एउटै आर्थिक वर्षमा  गुल्मीको एउटै निर्वाचन क्षेत्र २ मा झण्डै १७ अर्ब विकास बजेट परेको हो भने खै त विकास कहाँ गयो त्यो रकम भनेर सोध्नै पर्ने  बाध्य बनाएका छन् । विशेष गरी गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार गोकर्ण विष्टका कार्यकर्ताहरूले  ।

नेता बिष्टको सचिवालयका एक  सदस्यको फेसबुक हुँदै ५३ जनालाई  ट्याग  गरिएको  विकासको फेहरिस्तमा त्यस क्षेत्रका प्रायः कुनै पनि सडकको नाम छुट्टाएको  छैन ।  १०१ वटा सडकहरूमध्ये  कैयौँमा बजेट रकम  छैन । काम हुँदै  भन्ने उल्लेख छ भने रकम उल्लेख भएको विवरण अनुसार मोटामोटी  जोड्दा १६ अर्ब ९३ करोड १७ लाख १० हजार हुन आउँछ ।

एउटै आर्थिक  वर्षमा यति ठुलो रकम परेको  भए  किन पाँच वर्ष भित्रमा पिच  गरेर सकिसक्ने छौँ भनिएको मुख्य सडकहरू  अहिलेसम्म हिलाम्मे  र धुलाम्मे छन् ? २०७४ सालको निर्वाचनमा नेता बिष्टले  ‘छल्दीपनाह , रातडाँडा ईन्द्रगौडा सडक हामीले  आगामी पाँच  वर्षभित्र पिच गरिसक्ने  छौँ’ भनेर भाषण गरेको नसुन्ने जनता को छैनन् त्यस क्षेत्रमा ?

रातडाँडा भञ्ज्याङ्ग  मुसिकोट मैदान देउराली पौदीअमराई नेटा दर्लिङ्ग सडक पनि  उति बेला आगामी पाँच  वर्ष भित्रैमा पिच गरेर सक्ने  छौँ भनेर  भाषण गरेको होइन उहाँले ?  खै त्यहाँ  अलिअलि ग्रावेलिङ्ग गरिएको सडक पनि दशैताकाको अविरल वर्षाले  बेहाल  छ ।

अधिकांश सडक निर्माणमा  घुमाई फिराई आफ्नै कार्यकर्तामा ठेक्का पट्टा  गएपछि कसरी परेको बजेटको सहिसदुपयोग हुन्छ त ?  छल्दीपनाह  रात डाँडा ईन्द्रगौडा सडक, भञ्ज्याङ्ग मुसिकोट पौदअमराई सडक निर्माणमा  को  कुन् पार्टीका ठेकेदारहरू छन् थोरै हेक्का राखौँ ।

आज कैयौँ वर्ष पछि खुलेको तम्घास खाम्सोपानी सडक धमाधम पिच  हुँदैछ ।  धेरै पछि खोलिएको र अरू नेता भन्दा धेरै नयाँ  राजनैतिककर्मी कांग्रेस सभापति खिलध्वज पन्थीको  गाउँको मोटर बाटो पिच भयो ।

ए, बाबा के कको डाह त्यति काम गरेर गुल्मीका  प्रत्येक नेताले देखाऊँ त विकास सबैतिर भने  जस्तो हुने छ ।  तर आज दुई दुई पटक  मन्त्री भएका नेता बिष्टज्यूको घरमा जाने त्यो पनि इस्मा गाउँपालिकाको केन्द्रमा  पुग्ने  सडक  धुलाम्मे  र हिलाम्मे छ  । त्यो भन्दा बढी विकासको दुर्गति अरू के देखाउन पर्‍यो ?

अझ  गुल्मी जिल्लाका १२ वटा स्थानीय तह मध्ये पालिएकाको केन्द्रको टुङ्गो समेत लाग्न नसकेको एक मात्र पालिका हो  इस्मा गाउँपालिका । अधिकांश पालिकाहरूले भव्य भवन  ठडाए । कसैले ठडाउने क्रममा छन् ।  दोस्रो यो भन्दा ठुलो विकासको दुर्गति अर्को के देखाउनु  पर्‍यो ?

उता लिलिङ्ग , सल्ला खर्क, पाटा खर्क च्यानडाँडाका जनता २०४८ सालदेखि हालको निर्वाचनसम्म आईपुग्दा नेताहरूको आश्वासन आकाशको फल आँखा तरी मर’ भन्ने उखान सिद्ध हुँदै आएको गुनासो सुनाउँछन् । जहाँका जनता अहिले पनि पाँच घण्टाको पैदल हिँडेर गाउँपालिकाको केन्द्र ठुलाचौर पुग्न बाध्य छन् ।

सम्भवतः कुनै एउटा पक्की भवन विनाको जिल्लामा कुनै माध्यमिक विद्यालय छ भने त्यस ठाउँको  च्यानडाँडा माध्यमिक विद्यालय होला ।  पाँच वर्ष सम्म सरकार चलाएको मालिका गाउँपालिकाको पूर्ववर्ती एमाले सरकारले के हेरेर बस्यो ? यो प्रति प्रश्न विपक्षी राजनैतिक दलहरूले उठाउनु स्वाभाविकै होला ।

त्यहाँका वासिन्दाहरुलाई सम्बोधन गर्दै  प्रदेश २ का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बुद्धि जिसी यही प्रति प्रश्न गर्दै भने–‘ आखिर च्याानडाँडा  माविलाई पक्की भवन पार्न पनि अहिलेको गठबन्धन कै सरकार नै कुर्नुपर्ने ?

उनले त्यस माविलाई यसै वर्ष त्यस पालिका प्रमुख  देवीराम अर्याल र उपप्रमुख उपेन्द्र अर्यालका पहलमा प्रदेशबाट  चारकोठे पक्की भवनका लागि ५० लाख रकम पारिएको जानकारी  गराए । इस्मा  मैदान ढोकामुखीदेखि  उताको गाउँ  विकासका दृष्टिले  आफ्नो  ढाड आफैंं नदेखिने  जस्तै बनेका कोटकोटरीतर्फका जनताको सुविधाका लागि मोटर बाटो  खोल्ने  काम  २०६४ सालमा माओवादीबाट निर्वाचित संविधान सभा सदस्य चन्द्र बहादुर थापा सागरले गरेका  थिए । तर हेरौँ अहिलेसम्म पनि त्यो सडकको हविगत कस्तो छ ?

अझ तिम्लेखर्कदेखि नेटा थामडाँडा जोड्ने  सडकमा सागरले खेले बाहेक कसैको आँखा नपरेर अलपत्र छ । हुलाका जनता अहिले पनि त्यही कष्टकर सडक संघर्षमा छन् । घरको छानामुक्त  गाउँपालिका र एक घर एक धारा कार्यक्रम  गुल्मीको हकमा धुर्कोट गाउँपालिकाले  पहिला अगाडी सारेको हो ।  त्यहाँको देखासिकी अन्य पालिकाले गर्दै  गएका हुन् ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : ३४ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ