२२ मंसिर २०८०, शुक्रबार

दक्षिण अफ्रिकासँग भारत पराजित



काठमाडौं । दक्षिण अफ्रिकाले आइसिसी टी २० विश्वकपअन्तर्गत समूह ‘दुई’मा आइतबार राति भारतलाई ५ विकेटले पराजित गरेको छ । पर्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङका उत्रिएको अफ्रिकाले १९.४ ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रन बनायो । अफ्रिकाका लागि डेभिड मिलरले ४६ बलमा ४ चौका र ३ छक्कासहित अविजित ५९ रनको महत्त्वपूर्ण इनिङ खेले ।

यस्तै, एडेन मारक्रमले ४१ बलमा ६ चौका र १ छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । भारतका लागि अर्शदीप सिंहले दुई तथा मोहम्मद सामी, हार्दिक पाण्डेया र रविचन्द्रन आस्विनले १–१ विकेट लिए ।

पहिलो इनिङमा भारतका लागि सूर्यकुमार यादवले ४० बलमा ६ चौका र ३ छक्कासहित ६८ रनको अर्धशतकीय इनिङ खेलेका थिए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।

बलिङतर्फ अफ्रिकाका लागि लुङ्गी एनगिडीले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै वाइन पर्नेलले ३ तथा अनरिच नोर्ट्जेले १ विकेट लिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ०० बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले