१७ मंसिर २०८०, आइतबार

तोसिमा कार्कीको रिटमाथिको पेसी मंगलबार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की उम्मेदवार डा। तोसिमा कार्कीको रिट दर्ता भएको छ । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दर्ता गराएकी हुन् ।

लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरेपछि उनले आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता गएकी छन् ।

डा। तोसिमा कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुन् । निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ ।

नियमित तलब नपाइने भए पनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलाई निर्वाचन आयोगले लाभको पद भन्दै तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।

उम्मेदवारी कायम गर्न अन्तरिम आदेशको मागदावी लिएर अदालत पुगेकी उनको रिट मंगलबारको पेसीमा राखिएको बताइएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : ०४ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र