१६ मंसिर २०८०, शनिबार

ब्राजिलको राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुला निर्वाचित



साओ पाउलो । ब्राजिलका जनताले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गर्दै नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई निर्वाचित गरेका छन् ।

देशको नयाँ राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुलाले ५०.९५ र बोल्सोनारोले ४९.१५ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

नवनिर्वाचित राष्ट्रपति लुलालाई विश्वका नेताहरूले बधाई दिएका छन्भने उनका प्रतिद्वन्द्वी बोल्सोनारोले सार्वजनिक रूपमा निर्वाचन स्वीकार गरिनसकेका नेता लुलाले बताएका छन् । यहाँ भएको विजय जुलुसमा समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति लुलाले उक्त जानकारी दिएका हुन् ।

‘आज एकमात्र विजेता ब्राजिलका जनता हुन्, राजनीतिक दल, व्यक्तिगत स्वार्थ र विचारधाराभन्दा माथि उठेर लोकतन्त्रको विजय होस् भन्ने हाम्रो चाहना नै लोकतान्त्रिक आन्दोलनको विजय हो,’ उनले आफ्नो जितको श्रेय जनतालाई दिँदै विजय जुलुसमा भने ।

सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका लुला सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल सजाय भएको थियो । साथै उनलाई राजनीतिमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो । पाँच सय दिनभन्दा बढी समय कारागारमा बिताएपछि अदातलले उहाँ रिहा गर्दै उहाँमाथि लगाइएको राजनीतिक प्रतिबन्ध पनि खारेज गरेको थियो ।

ब्राजिलमा सन् १९८५ मा लोकतन्त्र पुनः स्थापना भएपछि पदमा रहेका राष्ट्रपति निर्वाचनमा पहिलोपटक पराजित भएका हुन् । बीस लाखभन्दा मतले उनी पराजित भएका छन् । सन् २०१४ को राष्ट्रपतीय निर्वाचनमा विजयी उम्मेदवारले आफ्ना निकटतम प्रतिद्वन्द्वीकोभन्दा ३५ लाख भोट बढी ल्याएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : १० बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान