१७ मंसिर २०८०, आइतबार

गुल्मी-२ मा गठबन्धनप्रति बढ्दो समर्थन, उम्मेदवारलाई ठाउँठाउँमा भव्य स्वागत



गुल्मी । मुसिकोट नगरपालिका ६ कुर्घामा रहेको स्वाँरा सामुदायिक गुरुङ होम स्टेमा गठबन्धनका उम्मेदवारलाई भव्य स्वागत गरिएको छ ।

प्रतिनिधि सभा सदस्यकी साझा उम्मेदवार रामकुमारी झाँक्री,प्रदेश सभा सदस्यका उम्मेदवार भुवन प्रसाद श्रेष्ठ, प्रतिनिधि सभा सदस्यका समानुपातिक पदका उम्मेदवार त्रैलोक्य प्रताप सेन, लुम्बिनी प्रदेशका समानुपातिक पदका उम्मेदवार छन्त बहादुर पहराई मगर, विष्णु सापकोटा लगायतको टोलीलाई फूल माला र अबिर लगाएर स्थानीयले भव्य स्वागत गर्दै जितको शुभकामना समेत व्यक्त गरेका छन् ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार रामकुमारी झाँक्रीले होम स्टे सञ्चालन, गुरुङ समुदायको आय आर्जनको मुख्य माध्यम बनाउने गरी काम गर्ने प्रतिबद्धता जाहेर गरेकी छन् । होम स्टेसँगै यहाँको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नको लागि मठ मन्दिरको संरक्षण तथा रणनीतिक मार्गको लागि आफूले काम गर्ने उल्लेख गरिन् ।

त्यस्तै प्रदेश सभाका उम्मेदवार श्रेष्ठले  स्वाँरा गुल्मी जिल्लाको पहिलो होम स्टे भए सोचे अनुसार काम हुन नसकेको प्रचार प्रसार हुन नसकेको दुखेसो पोख्दै आफूले निर्वाचन जिते पनि हारे पनि स्वाँरा होम स्टेको लागि काम गर्ने वचन दिए ।

त्यस्तै समानुपातिक पदका उम्मेदवार छन्त पहराईले आफू पनि जनजातिको छोरा भएको जानकारी गराउँदै जनजातिलाई चुनावको बेला खरिद गर्ने, एउटा पाडोमा किनबेच गर्ने परिपाटी रहेको बताउँदै कसैको लोभमा परेर मत नदिन आग्रह गरेका छन् ।

मत किन्न खोज्ने बाट जोगिन र सचेत रहन अपिल गर्दै मत किन्नेले कहिल्यै पनि जनताको सम्मान र काम गर्ने नसक्ने उनले ठकुवा समेत गरेका छन् । स्थानीयले उम्मेदवारहरू समक्ष आफ्ना गुनासा राख्दै होम स्टे प्रवर्द्धन गरिदिन अपिल गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : ५४ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र