काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई पुत्री लाभ भएको छ । मंगलबार दिउँसो उनले ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानको रुपमा छोरी जन्माएकी हुन् । खबरको पुष्टि मिडियाकर्मी उत्सव रसाइलीले गरेका हुन् ।
उनले सोमबार बेबी शावरको केही तस्बिर इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन्। श्वेताले दुई वर्षअघि धनगढीका विजेन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन्।
अभिनेत्री स्वेताले ‘कहाँ भेटिएला’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्। उनले फिल्म ‘कोहिनूर’ र ‘कान्छी’ मा पनि अभिनय गरेकी छन्। त्यसपछि उनी फिल्म क्षेत्रबाट टाढिएकी छन्। उनी हाल व्यवसायमा व्यस्त छिन्।
प्रतिक्रिया