महोत्तरी । गठबन्धनले क्षेत्र नम्बर १ (क)मा लोसपाका पीताम्बर महतोलाई साझा उम्मेदवार बनाएता पनि नेकपा एसले मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ ।
नेकपा एसका अध्यक्ष माधव नेपालको निर्देशनमा सुरेश राउतले गठबन्धनसँग मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताएका हुन् । गठबन्धनभित्रबाट प्रदेशसभा (क) मा २ जना प्रतिस्पर्धी बन्ने भएका छन् ।
गठबन्धनभित्रका दल नेकपा एस र लोसपाको फरक-फरक उम्मेदवारको मनोनयन दर्ता भएपछि गठबन्धनले केही दिन अगाडी लोसपाका उम्मेदवारलाई वैधता दिने निर्णय गरेको थियो ।
चुनावी प्रचारप्रसारमा निक्कै अगाडी बढिसकेको र मतदाताहरूमा अन्यौल सिर्जना नहोस् भन्ने उद्देश्यले मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरिएको उम्मेदवार सुरेश राउतले जानकारी दिए । प्रतिनिधिसभाका साझा उम्मेदवार गिरिराजमणि पोखरेललाई नै भोट मागिरहेको र प्रदेशमा भने आफ्नै लागि भोट मागेको उनको भनाइ छ ।
राउतको मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयले साझा उम्मेदवार पीताम्बर महतोलाई चुनौती थपिएको छ । गठबन्धनभित्रको दलले छुट्टै उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा उतारेपछि महतोलाई चुनौती थपिएको नेता बताउँछन् ।
प्रतिक्रिया