१५ आश्विन २०८०, सोमबार

पत्रपत्रिका

भारतले धान निर्यात शुल्क हटायो, अब चामलको मूल्य घट्ने



काठमाडौं । भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो ।

भारत सरकारको अर्थ मन्त्रालय ९राजस्व विभाग०ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो। भारत सरकारले गत भदौ २३ गते सूचना जारी गर्दै धान निर्यातमा नेपाल, भुटानसहितका मुलुकमा पनि धानको निर्यातमा २० प्रतिशत भन्सार शुल्क कायम गरेको थियो ।

उक्त सूचना जारी भएदेखि नै वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चामल, दाल, तेल संघले नेपाल तथा भारतका सम्बद्ध निकायहरूमा नेपालको लागि धान निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्क शून्य बनाउन पहल गर्दै आएका थिए ।

भारतले धानको निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएपछि नेपाली चामल उद्योगहरू बन्द हुने अवस्थामा पुगेको र नेपाली आम उपभोक्ता महँगो चामल उपभोग गर्न बाध्य हुनुपरेको वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चामल, दाल, तेल संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य डा। सुवोधकुमार गुप्ताले बताए।

भारतले धानको निर्यातमा लगाएको भन्सार शुल्कका कारण नेपाल(भारत बीचको सदियौंदेखिको रोटीबेटीको सम्बन्धमा समेत प्रभावित बनाएको थियो । आम उपभोक्ताले अब सस्तो मूल्यमा गुणस्तरीय चामल पाउने उनले बताए । यो समाचार कारोबार दैनिकमा छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : ४६ बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि