१४ फाल्गुन २०८०, सोमबार

उत्तर कोरियाले गर्‍यो व्यालेस्टिक मिसाइल प्रहार



सियोल ।  उत्तर कोरियाले बुधबार “अपरिचित ब्यालेस्टिक मिसाइल“ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । “उत्तर कोरियाले पूर्वी सागर तर्फ अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ,“ संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमा भने ।

यसअघि उत्तर कोरियाले सोमबार अमेरिका र दक्षिण कोरियालाई यस क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास रोक्न आह्वान गरेको थियो  । दक्षिण कोरिया र अमेरिकी गतिविधिले उत्तेजित गराएकोसमेत उत्तर कोरियाले जनाएको छ ।

अमेरिका र दक्षिण कोरियाको निरन्तर र लापरवाही सैन्य गतिविधिका कारण कोरियाली प्रायद्वीप टकराव बढेको छ ।  अमेरिका र दक्षिण कोरियाले वर्षेनी सैन्य अभ्यास गर्दै आएका छन् जसको प्योङयाङले विरोध गर्दै आएको छ ।

अर्कोतर्फ उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गर्दै आएको छ । उत्तरको आणविक परीक्षणलाई लिएर अन्र्तराष्ट्रिय समुदायले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : ५९ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२