१६ मंसिर २०८०, शनिबार

तीन महिनामा पौने चार अर्बको फलफूल नेपाल भित्रियो 



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा पौने चार अर्ब रुपैयाँको फलफूल भित्रिएको पाइएको छ ।

२०७९  सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको फलफूल नेपालमा भित्रिएको हो ।

भन्सार विभागका अनुसार बितेको तीन महिनामा कुल ३ अर्ब ७९ करोड ८६ लाख ५३ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको छ ।

उक्त समयमा नेपालले १६ करोड २३ लाख ५९ हजार रुपैयाँको १ करोड १३ लाख ७ हजार ४४६ केजी केरा आयात गरेको छ । सोही समयमा ७ करोड ९३ लाख ३ हजार रुपैयाँको भूइँकटहर नेपाल भित्रिएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड ४९ लाख ८ हजार रुपैयाँको ५१ हजार १९० केजी एभोकार्डो, १८ करोड ७४ लाख रुपैयाँको ३७ लाख केजीभन्दा बढी आँप र अम्बा, १७ करोड ४ हजार रुपैयाँको २३ लाख २४ हजार २८३ केजी कागती र ११ करोड ८ लाख १४ हजार रुपैयाँको खरबुजा नेपाल भित्रिएको छ ।

यस्तै १० करोड ८० लाख १५ हजार रुपैयाँको ३० लाख ५३ हजार ४७४ केजी मेवा, २ अर्ब २४ करोड ९६ लाख ३९ हजार रुपैयाँको स्याउ र २९ करोड ७६ लाख ५६ हजार रुपैयाँको २८ लाख ७१ हजार १७६ केजी अनार पछिल्लो तीन महिनामा नेपालले आयात गरेको विभागले जनाएको छ ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ४ खर्ब ५६ करोड ९४ लाख ४४ हजार रुपैयाँको फलफूल आयात गरेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ११ : ५५ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान