१९ फाल्गुन २०८०, शनिबार

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताएका छन् । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उनले संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेकाले यसको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताए ।

मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको जनाउँदै उनले संविधानको रक्षासँगै परिमार्जन गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताए । “यी दुवै काम गर्न निकै संवेदनशील भएर लाग्नुपर्नेछ”, अध्यक्ष दाहालले भने, “मुलुकलाई समृद्ध बनाउनका लागि प्रतिबद्धता पत्रमा संविधान संशोधन र संरचनागत सुधारको आवश्यकता महसुस गरिएको छ, आर्थिक समृद्धि र आर्थिक क्रान्ति गर्न क्रमभङ्ग गर्नुपर्ने अवस्था छ ।”

मुलुकको आर्थिक समृद्धिका लागि क्रान्तिको आवश्यकता रहेको जनाउँदै उनले अब शान्तिपूर्ण आर्थिक क्रान्ति सम्पन्न गरिने दाबी गरे । “हामीले महाधिवशेनबाट नै नेपाली समाजवादको बाटो तय गरेका छौँ”, उनले भने, “नयाँ आर्थिक क्रान्तिमार्फत मुलुकलाई समृद्ध बनाउन सक्ने माओवादी मात्रै हो ।” निर्वाचन जित्ने र नजित्ने भन्दा पनि नयाँ पहलकदमीमार्फत देशलाई समाजवादमा लैजाने ढङ्गबाट अगाडि बढिएको उनको भनाइ थियो ।

मुलुकको एकीकरण र जनक्रान्तिको थालनी गोरखाबाटै भएको उल्लेख गर्दै उनले अब आर्थिक समृद्धिको सुरुआत पनि गोरखाबाटै हुने दाबी गरे । “म गोरखाबाट निर्वाचन लड्ने भनेको कुरा राष्ट्रिय एकता र आर्थिक क्रान्तिको सन्देश हो”, अध्यक्ष दाहालले भने, “यो पार्टी पुनःनिर्माणको अभियान पनि हो ।”

“संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको छ”, अध्यक्ष दाहालले भने, “अर्को राजावादीसहित प्रतिगमन गर्न चाहनेको गठबन्धन बनेको छ । यी दुई गठबन्धन आमनेसामने छन् । मङ्सिर ४ गते जनताले फैसला गर्नेछन् ।” मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न माओवादीले आफ्नो प्रतिबद्धता पत्रमार्फत संरचनागत सुधारको विषय उठाएको जनाउँदै उनले शासकीयस्वरुप र निर्वाचन प्रणाली परिवर्तन तथा २०४७ पछि लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने विषय माओवादीले मात्रै उठाएको बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ४ : ३३ बजे

न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक

राजधानी लाइभ, काठमाडौं । औषधि व्यवस्था विभागले तीन वटा औषधिको

शिक्षण सिकाइ प्रभावकारी बनाउन बालविकास केन्द्रमा टेलिभिजन जडान

राजधानी लाइभ, फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ

काठमाडौं जिल्ला अदालतबाट महँगा हेल्मेट चोर्ने गिरोहका नाइके पक्राउ

राजधानी लाइभ, काठमाडौं । सार्वजनिक स्थानबाट सर्वसाधारणको महँगा हेल्मेट चोर्ने

प्रधानसेनापति म्याराथनको उपाधि अनिशको पोल्टामा

राजधानी लाइभ, काठमाडौं । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ

नेदरल्याण्ड्स र नामिबियाको खेल निःशुल्क हेर्न पाइने

नेदरल्याण्ड्स र नामिबियाबीचको खेल भोलि बिहान साढे ११ बजेबाट सुरू