१५ फाल्गुन २०८०, मंगलबार

आईसीसी वरीयताको शीर्ष स्थानमा पुगे सूर्यकुमार यादव



काठमाडौं । भारतीय क्रिकेटर सूर्यकुमार यादव टी-२० क्रिकेटको व्याटिङ वरीयतामा शीर्ष स्थानमा पुगेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पछिल्लो पटक अपडेट गरेको टी-२० वरीयतामा सूर्यकुमारले पाकिस्तानका विकेटकिपर ब्याटर मोहम्मद रिजवानलाई पछि पारेका हुन् ।

अष्ट्रेलियामा भइरहेको टी-२० विश्वकपमा सूर्यकुमार उत्कृष्ट लयमा छन् । उनले सुरावती तीन खेलमध्ये दुई खेलमा अर्धशतक प्रहार गरिसकेका छन् । पहिलो खेलमा पाकिस्तान विरुद्ध १५ रनमा आउट भएका सुर्यकुमारले त्यसपछि नेदरल्याण्ड्स विरुद्ध अविजित ५१ र दक्षिण अफ्रिका विरुद्ध ६८ रन बनाएका थिए ।

सूर्यकुमार २०२२ मा टी-२० मा धेरै रन बनाउने खेलाडी समेत हुन् । उनले यस वर्ष १ शतक र ८ अर्धशतकसहित ९३५ रन बनाइसकेका छन् ।

 

 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ४ : ५४ बजे

बिहारमा भएको सवारी दुर्घटनामा आँचल तिवारीसहित ४ भोजपुरी स्टारको मृत्यु

काठमाडौं । भारतको बिहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका

लागूऔषधसहित चार जना पक्राउ

राजधानी लाइभ, काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चारजना

प्राधिकरणले भन्यो- धरानमा विमानस्थल बन्दैन

राजधानी लाइभ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको ‘पीपीए’ खुला

राजधानी लाइभ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत्

मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिशकुमार नियुक्त

राजधानी लाइभ, काठमाडौं । सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा.