१६ मंसिर २०८०, शनिबार

निर्वाचन सुरक्षार्थ सेना परिचालन



लमजुङ । मंसिर ४ गते हुने निर्वाचनको सुरक्षार्थ लमजुङका ग्रामीण भेगमा सेना खटाइएको छ । अघिल्ला निर्वाचनमा ४ ठाउँमा सेनाको क्याम्प रहेकोमा यसपटक ७ ठाउँमा क्याम्प रहने सेनाले जनाएको छ । सेनाको उदीपुरस्थित चण्डीप्रसाद गणका अनुसार ७ ठाउँमा प्लाटुन खटिसकेको छ ।

बेंसीसहरको श्रीस्वाँरा, सुन्दरबजारको कुन्छा, मध्यनेपालको भोर्लेटार, राइनासको तीनपिप्ले तथा क्व्होलासोंथरको मालिङ र दोर्दीको नौथर शेरामा सेना खटाइसकिएको गणका प्रमुख सेनानी मनोज कार्कीले बताए । दूधपोखरीको बिचौरमा पनि प्लाटुन राखिने उनले जनाए ।

सुन्दरबजार, बेंसीसहर, दोर्दी र मर्स्याङ्दीमा विशेष गरी ठूला जलविद्युत् आयोजना भएकाले सुरक्षार्थ सेना तैनाथ हुँदै आएका थिए । एउटा प्लाटुनमा ३०–३५ जनासम्म सैनिक रहन्छन् । जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले पनि निर्वाचन सुरक्षार्थ सेना खटाइएको बताए  । उनले सशस्त्र प्रहरी पनि खटाउने तयारी भइरहेको बताए ।

उनका अनुसार निर्वाचन सुरक्षार्थ जिल्लामा रहेका सशस्त्र प्रहरी नपुग्ने भएपछि डेढ सय संख्यामा प्रहरी बाहिरी जिल्लाबाट व्यवस्थापन गरिँदै छ । अन्तिममा नेपाल प्रहरी र म्यादी प्रहरी प्रत्येक निर्वाचन स्थलर केन्द्रमा खटिनेछन् ।निर्वाचन सुरक्षार्थ लमजुङमा २ हजार ३ सय ७६ सुरक्षाकर्मी खटिनेछन् । सबैभन्दा बढी म्यादी प्रहरी १ हजार ९७ जना, नेपाल प्रहरी ६ सय १२ जना, सशस्त्र १ सय ९७ जना, सैनिक ४ सय ६० जना र राष्ट्रिय अनुसन्धानका १० जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ६ : ३८ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान