१४ फाल्गुन २०८०, सोमबार

धनगढीका मेयर पनि डाेजरसहित ‘एक्सन’मा, सडक क्षेत्रभित्र पर्ने संरचना हटाइँदै



धनगढी । धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रको सडक चौडा पार्न सडकको क्षेत्रभित्र पर्ने संरचना हटाउन थालेको छ । बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सम्मको सडक छेउका संरचना हटाउन डोजर लगाएको हो ।

बुधबार मुख्य बजारस्थित सेती प्रादेशिक अस्पतालले निर्माण गरेका भवनमा उपमहानगरपालिकाले डोजर लगाएको हो । धनगढी उपमहानगरपाकिलाले हाल सञ्चालनमा रहेको सडकलाई ३० मिटर चौडा बनाउने भन्दै सो क्षेत्रमा पर्ने संरचना हटाउन घरधनीलाई पत्राचार गरेको थियो । तर हालसम्म पनि कसैले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना नहटाएपछि बुधबार डोजर प्रयोग गरी आफैँ सरचना हटाउन सुरु गरेको नगरप्रमुख गोपाल हमालले बताए ।

‘पहिलो चरणमा सरकारी कार्यालयका भवनमा डोजर लगाएका छौं,’ मेयर हमालले भने, ‘त्यसपछि नीजि भवनमा पनि डोजर प्रयोग गरिने छ ।’

 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : १८ बजे

राजेन्द्र महतोले त्यागे लाेसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

वर्तमान शासकीय नीति बिरुद्ध ‘जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

राजधानी लाइभ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन

पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक र पारिश्रमिक अनुमोदन, को-को परे ?

काठमाडौँ, १४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) राष्ट्रिय टिमका

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौँ, १४ फागुन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

काठमाडौं, १४ फागुन । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२